लौकही । कोसी गाउँपालीकाले आयोजना गरेको १३ औं गाउँसभामामा विभिन्न विद्याका १० जनालाई सम्मान गरेको छ । कोसी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति र कार्यक्रम सार्वजनिक गर्न आयोजना गरिएको १३ औं गाउँसभामामा विभिन्न विद्याका १० जनालाई सम्मान गरेको हो ।

सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डलको प्रमुख आतिथ्य एवं सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद इसराइल मन्सुरीको विशिष्ट आतिथ्य तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए ।

सम्मानित हुनेहरूमा उत्कृष्ट कर्मचारीतर्फ कोसी गाउँपालीकाका लेखा अधिकृत सुरप्रसाद दंगाल,प्राविधिक प्रमुख रोशन शर्मा,स्वास्थ्यतर्फ देवकृष्ण राउत,शिक्षातर्फ राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपुरका प्रअ हरेकृष्ण राउत, उत्कृष्ट बुहारी सम्मानबाट कोसी गाउँपालीका वडा नम्बर ३ की शुशिलादेवी उराँव, सामाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका, दारुल हुँदा अल्सलफिया कोसी ५, किसानतर्फ देवनारायण बहरखेर,उत्कृष्ट वडाको रूपमा १ नम्बर वडा कार्यालय र पत्रकारितातर्फ जयकृष्ण यादव सम्मानित भएका छन् ।

सम्मानित हुनेहरूमा सामाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीकाको तर्फबाट हजरत हुसेन,कोसी गाउँपालीका १ नम्बर वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष शोभितनारायण यादव,दारुल हुँदा अल्सलफिया कोसी ५ को तर्फबाट व्यवस्थापन समिति अध्यक्ष प्रवेज आलमले सम्मानपत्र ग्रहण गरेका थिए भने उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डल, कार्यक्रमका विशिष्ट आतिथ्यसुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद इसराइल मन्सुरी, कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादवले पुरस्कार वितरण गरेका थिए ।

यस्तै कोसी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति र कार्यक्रम सार्वजनिक गर्न आयोजना गरिएको १३ औं गाउँसभामा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले संचालन गरे भने उपाध्यक्ष अनितादेवी यादवले स्वागत मन्तव्य सहित कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिहरुलाई स्वागत गरेकी थिइन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








