लौकही । कोसी गाउँपालीकाले आयोजना गरेको १३ औं गाउँसभामामा उत्कृष्ट कर्मचारी रूपमा दुईजना सम्मानित भएका छन् । कोसी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम सार्वजनिक गर्न आयोजना गरिएको १३ औं गाउँसभा कार्यक्रममा उनीहरूसहित विभिन्न विद्याका १० जनालाई सम्मान गरिएको हो ।

कोसी गाउँपालीकाको लेखा अधिकृतका रूपमा कार्यरत सुरप्रसाद दंगाल गाउँपालीकाबाट सेवाग्राहीले पाउनुपर्ने सेवा सहज रूपमा छिटोछरितो प्रदान गर्नुका साथै गाउँपालीकामा कार्यरत रहँदा इमानदारीसाथ कर्तव्यनिष्ट भई काम गरेको कुरालाई मध्यनजर गर्दै सम्मान पत्रसहित सम्मानित गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए ।

यस्तै कोसी गाउँपालीका प्राविधिक शाखा प्रमुखका रूपमा कार्यरत इन्जिनियर रोशन शर्माले छोटो समयमै पूर्वाधार विकासतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गरी योजनाअनुसार समयमै विकास निर्माणकार्य सम्पन्न गर्न/गराउन खेलेको भूमिकाको उच्च प्रशंसासहित सम्मान पत्रबाट सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत दंगालको भनाइ छ । उनीहरूलाई सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डल, सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद इसराइल मन्सुरी,कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादवले संयुक्तरूपमा सम्मान गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








