लौकही । कोशी गाउँपालिकाको १३ औं गाउँसभाको अवसरमा १ नम्बर वडा अध्यक्ष सोभित नारायण यादव सम्मानित भएका छन् । कोशी गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुमध्ये राजस्व संक्लन तथा सेवा प्रवाह कार्यालय व्यवस्थापनमा उत्कृष्ट भुमिका खेलेको भन्दै यादवलाई सम्मान गरेको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए । कोशी गाउँपालिका भरीका वडा कार्यालयहरुमध्येबाट उत्कृष्ट काम गरेकोले कोशी गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।
यता सम्मान भएका कोशी १ का वडा अध्यक्ष सोभित नारायण यादवले सम्मानबाट थप राम्रो काम गर्ने हौसला प्राप्त भएको बताउदै आगामी दिनमा जनताको सेवामा समर्पित रहने बताए। यादवले कोशी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवाद पनि दिए ।उनलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डल, कार्यक्रमका विशिष्ट आतिथ्यसुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद इसराइल मन्सुरी, कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादवले सम्मान पत्र वितरण गरेका थिए ।