लौकही । कोसी गाउँपालीकामा आयोजित पालीका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुर प्रथम भएको छ । सोमबार कोसी गाउँपालीका कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरमा आयोजना गरेको प्राथमिक तह (कक्षा १-५) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुर प्रथम भएको हो ।

पालीका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरका रूपा कामैत, कृष्णा उराँव, आदित्य खंगले प्रथम स्थान हासिल गरे भने जगदीश आधारभूत विद्यालयका हेमराज उराँव, साेनी यादव, सागर उराँव द्वितीय भए भने विश्वनाथ सिंह आधारभूत बिद्यालयका भूमिका उराँव, सराेज सरदार, अर्जुन उराँव तृतीय भएको कोसी गाउँपालीकाको कार्यालयले जनाएको छ ।

सो पालीका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा वडा एक देखि ३ सम्मका ८ वटा विभिन्न विद्यालयका २४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रथम,द्वितीय र तृतीय विद्यार्थीहरुलाई राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरका प्रधानाध्यापक हरेकृष्ण राउत,कोसी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास, राजकिशोर मेहता,बिरेन्द्र मेहता,कोसी गाउँपालीकाका सूचना अधिकारी रितेशकुमार झा,श्यामकिशोर मण्डल लगायतले पुरस्कार वितरण गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








