लौकही । कोसी गाउँपालीकाको कार्यालयले ५० प्रतिशत अनुदानमा सक्रिय कृषकलाई विभिन्न प्रकारका कृषि सामाग्री हस्तान्तरण गरेको छ । विगत लामो समयदेखि विभिन्न तरकारी खेती गर्दै आएका सक्रिय कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यक्रमतर्फ विभिन्न प्रकारका कृषि सामाग्री हस्तान्तरण गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले बताए । तरकारी पकेट कार्यक्रम २०७९/८० अन्तर्गत कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी र उपाध्यक्ष अनितादेवी यादवले कोशी इन्टीग्रेट्ड एग्रो एण्ड सप्लायर्स प्रालि कोसी गाउँपालीका वडा नम्बर ६ श्रीपुरजब्दीलाई जम्मा १९ लाख ८४ हजार ६५० रुपैयाँ बराबरको विभिन्न १८ प्रकारका कृषि सामाग्री बिहीबार हस्तान्तरण गरेका हुन् ।
१९ लाख ८४ हजार ६५० रुपैयाँ मध्ये गाउँपालीकाको ५० प्रतिशत र बाँकी कोशी इन्टीग्रेट्ड एग्रो एण्ड सप्लायर्स प्रालि को आफ्नै लगानीमा ड्रीप सिचाइ १ थान, पावर स्पेयर ५ पीस, केट २०० पीस,कोदालो २० थान, बस कटर २ थान, मिनि पावर टेलर १ पीस, मिनि रोटाभेटर १ थान सहित विभिन्न १८ प्रकारका कृषि सामाग्री एवं कृषि औजार हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सुनिलकुमार साहले जानकारी दिए । विगत लामो समयदेखि आफू तरकारी खेती गर्दै आएकोमा गाउँपालीकाको तर्फबाट ५० प्रतिशत अनुदानमा प्राप्त कृषि सामाग्री एवं औजारबाट थप लाभान्वित भएको स्थानीय किसान जयनारायण मेहताले बताए । निरन्तर कृषि कर्ममा लागेका किसानलाई कृषि सामाग्री र कृषि औजारका साथै कृषि विद्युतीयकरण अभियानमा पनि थालिएको कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । उनका किसानको खेत खेतमा विद्युत पुर्याउने उद्देश्यले पहिलो चरणमा कोसी गाउँपालीका वडा नम्बर ५ र ६ मा २ किलोमिटर कृषि विद्युतीयकरण गर्न लागिएको हो । कृषि क्षेत्रमा विकास र विस्तार गर्न कृषि विद्युतीयकरण अभियान लाभदायक हुने अध्यक्ष अन्सारीको भनाइ छ ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...