ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भण्टाबारीमा ट्राफिक प्रहरीद्वारा ‘लापसे’ अभियान

आवर कोशी by आवर कोशी
असार २४, २०८०
भण्टाबारीमा ट्राफिक प्रहरीद्वारा ‘लापसे’ अभियान
68
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको ट्राफिक प्रहरी पोष्ट भण्टाबारीले सार्वजानिक सवारी साधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर लापसे अर्थात लागू पदार्थ सेवन सम्बन्धी चेकजाँच अभियान सुरु गरेको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि संचालन गरिएको ट्राफिक सप्ताह २०८० अन्तर्गत आइतबारबाट भण्टाबारीमा ट्राफिक प्रहरीद्वारा लागू पदार्थ सेवन सम्बन्धी चेकजाँच अभियान सुरु गरेको ट्राफिक प्रहरी पोष्ट भण्टाबारीका इन्चार्ज असई धीरेन्द्र तामाङले जानकारी दिए । कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्रीको प्रमुख आतिथ्यमा लागू पदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच-डे उद्घाटन कार्यक्रम आयोजना गरी सो अभियान संचालनमा ल्याइएको हो । आइतबार आयोजना गरिएको सो कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश,जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान,जिल्ला प्रहरी प्रहरी कार्यालय सुनसरीको सहयोग तथा सहकार्यमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले आयोजना गरेको थियो ।

ट्राफिक सप्ताहको अवसर पारेर ट्राफिक प्रहरीले भण्टाबारीबाट लापसे चेकजाँच अभियान सुरू गरेको हो । सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आइतबारदेखि चेकजाँच सुरु गरिएको असई तामाङले बताए ।चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने उनले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ । ट्राफिक प्रहरीले गरिरहेको मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालकहरुलाई निरुत्साहित गर्न अभियान महत्त्वपूर्ण भएको कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्री बताउँछन् । मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि ट्राफिक प्रहरीले सो को चेकजाँच अभियान सुरु गरिएको बुझिएको छ ।

‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ तामाङले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने आफूहरू उद्देश्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो दिन आइतबार ३ जना सवारी चालकको लापसे चेकजाँच गरिएको थियो । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा ट्राफिक प्रहरीले आयोजना गरेको लागू पदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच-डे उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्री,कोशी गाउँकार्यपालिका सदस्य सर्जुग सरदार,वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष विन्देश्वरप्रसाद यादव, ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज प्रहरी नायब निरीक्षक दुर्गा पोमु लिम्बू, वडा सदस्य कमरुद्दिन मियाँ, ट्राफिक प्रहरी पोष्ट भण्टाबारीका हवल्दार रामबालक चौरसिया, स्वास्थ्यकर्मी,संचारकर्मी,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

Tags: ट्राफिक प्रहरी सचेतना अभियान

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.