भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको ट्राफिक प्रहरी पोष्ट भण्टाबारीले सार्वजानिक सवारी साधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर लापसे अर्थात लागू पदार्थ सेवन सम्बन्धी चेकजाँच अभियान सुरु गरेको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि संचालन गरिएको ट्राफिक सप्ताह २०८० अन्तर्गत आइतबारबाट भण्टाबारीमा ट्राफिक प्रहरीद्वारा लागू पदार्थ सेवन सम्बन्धी चेकजाँच अभियान सुरु गरेको ट्राफिक प्रहरी पोष्ट भण्टाबारीका इन्चार्ज असई धीरेन्द्र तामाङले जानकारी दिए । कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्रीको प्रमुख आतिथ्यमा लागू पदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच-डे उद्घाटन कार्यक्रम आयोजना गरी सो अभियान संचालनमा ल्याइएको हो । आइतबार आयोजना गरिएको सो कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश,जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान,जिल्ला प्रहरी प्रहरी कार्यालय सुनसरीको सहयोग तथा सहकार्यमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले आयोजना गरेको थियो ।
ट्राफिक सप्ताहको अवसर पारेर ट्राफिक प्रहरीले भण्टाबारीबाट लापसे चेकजाँच अभियान सुरू गरेको हो । सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर आइतबारदेखि चेकजाँच सुरु गरिएको असई तामाङले बताए ।चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने उनले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ । ट्राफिक प्रहरीले गरिरहेको मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालकहरुलाई निरुत्साहित गर्न अभियान महत्त्वपूर्ण भएको कोशी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्री बताउँछन् । मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि ट्राफिक प्रहरीले सो को चेकजाँच अभियान सुरु गरिएको बुझिएको छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ तामाङले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने आफूहरू उद्देश्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो दिन आइतबार ३ जना सवारी चालकको लापसे चेकजाँच गरिएको थियो । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा ट्राफिक प्रहरीले आयोजना गरेको लागू पदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच-डे उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बलराम क्षेत्री,कोशी गाउँकार्यपालिका सदस्य सर्जुग सरदार,वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष विन्देश्वरप्रसाद यादव, ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज प्रहरी नायब निरीक्षक दुर्गा पोमु लिम्बू, वडा सदस्य कमरुद्दिन मियाँ, ट्राफिक प्रहरी पोष्ट भण्टाबारीका हवल्दार रामबालक चौरसिया, स्वास्थ्यकर्मी,संचारकर्मी,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
वडाध्यक्षको भाईबाट कुटिए डाक्टर राई
सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् । डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६...