लौकही । कोसी गाउँपालीकामा स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना कोसी गाउँपालीकाको समन्वय र फैरमेड संस्थाको सहयोगमा स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय रोगहरु सम्बन्धि तीनदिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो ।

उष्णप्रदेशिय रोगहरुको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम (Basic NTD package Training) तथा पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रुपमाउष्णप्रदेशिय रोगको स्क्रीनिंग पहिचान, उपचार रोगको छुट्टा छुट्टै रही आएको छ । यस परियोजनाले नेपालमा पाईने सबै उपेक्षित रोगहरुको एकिकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरुको उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको आयोजक संस्थाको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुको उपेक्षित रोग सम्बन्धि क्षमता अभिवृद्धी, स्थानिय स्वास्थ्य संस्थाबाट उपेक्षित रोग सम्बन्धि स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् । दुई चरणमा आयोजना गरिएको सो तालिममा स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने अन्य स्वास्थ्यकर्मीहरु सहित ९२ जना बढीको सहभागिता रहेको थियो । पहिलो र दोस्रो चरण अन्तर्गत सहभागीहरुलाई प्रशिक्षकहरू डा. रिजवान अन्सारी,जिवन कुमार मण्डल,मनिष सुवेदी,सागर प्रसाई, कृष्ण कुमार चौधरी, रामनाथ साह,सन्तोष साहुले प्रशिक्षण दिएका थिए ।

सो तालिममा कुष्ठरोग (Hansens Disease /social Disease ),हात्ती-पाइले रोग (Lymphatic filariasis),माटोबाट सर्ने जुका (Soil-Transmitted Helminthes),डेंगी (Dengue) and F चकनगुनिया,रेबिज (Rabies),सर्पदंश (snakebite Envenoming), लुतो (Scabies and other Ectopprasite ), कालाजार (Leishmaniasis / kala-azar),फिते जुका (Taeniasis / cystricercosis), खस्रे रोग (Trachoma) रोग लाग्ने कारण र बच्ने उपाय,अपनाउनुपर्ने सावधानी यावत विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा उपाध्यक्ष अनितादेवी यादव,कोसी १ का अध्यक्ष सोभित नारायण यादव,कोसी २ का अध्यक्ष ध्यानी उराँव,निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दंगाल, कार्यपालीका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








