लौकही । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिमा सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य मनोनीत भएका दुईजनालाई सम्मान गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले शनिबार आयोजनामा एक कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य मनोनीत कुन्दन मण्डल र तीर्थ भट्टराईलाई सम्मान गरेको हो । कोसी गाउँपालीका वडा नम्बर १ लौकहीस्थित रहेको क्षेत्रीय पार्टी कार्यालयमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का कार्यवाहक सभापति रोशनकुमार खड्काको सभापतित्व एवं केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधि आङगेलु शेर्पाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णयअनुसार आन्तरिक विशेष अभियान कार्यक्रम उनीहरूलाई सम्मान गरिएको हो । सुनसरी ४ को प्रतिनिधित्व गर्दै उर्जावान युवाहरु तीर्थ भट्टराई, कुन्दन मण्डल केन्द्रिय सदस्य मनोनीत भएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







