ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कांग्रेस कार्यकर्तामा उत्साह भर्न आन्तरिक अभियान

आवर कोशी by आवर कोशी
साउन २८, २०८०
कांग्रेस कार्यकर्तामा उत्साह भर्न आन्तरिक अभियान
37
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को आयोजनामा कोसी गाउँपालीका वडा नम्बर १ लौकहीस्थित रहेको क्षेत्रीय पार्टी कार्यालयमा आन्तरिक विशेष अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का कार्यवाहक सभापति रोशनकुमार खड्काको सभापतित्व एवं केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधि आङगेलु शेर्पाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णयअनुसार शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति ऐयुब अन्सारीको नेतृत्वमा भएको पार्टीको गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । जसअनुसार २०७९ वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ३२ वटा वडामध्ये १७ वटा जिताउन सफल हुनुदेखि बराहक्षेत्र नगरपालिकामा कम्युनिस्टको लालकिल्ला तोड्दै मेयर पदमा कांग्रेसी उम्मेदवार जिताउन सफल भएको कार्यबाहक सभापति खड्काले जानकारी गराए । साथै गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सभापति अन्सारीको कुशल नेतृत्वकै कारण प्रतिनिधिसभा सदस्य र दुवै प्रदेशसभामा आफ्ना उम्मेदवार जिताएर निरन्तर पार्टीलाई चलायामान बनाई विभिन्न गतिविधि गर्दै आएको केन्द्रिय प्रतिनिधिलाई जानकारी गराएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ३२ वटा वडाका विभिन्न तहतप्काका नेताकार्यकर्ताहरुले आन्तरिक कलहका कारण बढेको,गत स्थानीय र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन कतिपय कांग्रेसकै नेताकार्यकर्ताले भूमिका खेलेको, केन्द्रियस्तरका नेताहरुले वडादेखि पालीकास्तरका स्थानीय नेताकार्यकर्ताहरुको भावना विपरीत कार्य गरेको,जनभावना अनुसार पार्टी चल्न नसकेको, पार्टीभित्र गुटबन्दी बढेको हुँदा वास्तविक कार्यकर्ताले स्थान पाउन नसकेको, पार्टीका उम्मेदवार हराउन चुनावमा भूमिका खेल्ने नेताकार्यकर्तालाई कारबाही गर्न सिफारिस गरिएपनि कार्यान्वयनमा नआएको, पार्टीभित्रबाट निरन्तर आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिउपर आरोप र आक्रमण गर्ने काम भएको, ग्राउन्ड जिरोमा खट्ने कार्यकर्ताको भावना नबुझी अमूख व्यक्तिले गरेको निर्णय जबर्जस्ती कार्यान्वयन गर्ने/गराउने काम भएको जस्ता असन्तुष्टि व्यक्त गरेका थिए । उठाइएको प्रश्नहरुको बारेमा जवाफ दिदै केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधि आङगेलु शेर्पाले सबै नेताकार्यकर्ताहरुले राखेको धारणा अनुसार भदौ पहिलो साता सम्म प्रतिवेदन बनाएर बुझाउने आफ्नो दायित्व भएको भन्दै आवश्यकता अनुसार देशैभरबाट उठाइएका प्रश्नहरुलाई आगामी दिनमा सम्बोधन गरिने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेर्पाले पार्टीका कार्यकर्तामा उत्पन्न निराशाको अन्त्य गरेर उत्साह भर्न विशेष आन्तरिक अभियान सार्थक हुने विश्वास व्यक्त गरे । अभियानका लागि केन्द्रबाट सुनसरीका लागि खटिएका प्रतिनिधि उनले पार्टीको आन्तरिक संगठन जागरुक बनाउन, विकास निर्माणमा कार्यकर्ता परिचालन गर्न, पार्टीप्रतिको अनर्गल प्रचार रोक्न एवं पार्टी सुद्धिकरण र सुदृढीकरणका लागि अभियान फलदायी हुने बताए ।सो कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेश सांसदहरू सदानन्द मण्डल,हाजी इसराइल मन्सुरी,नेपाली कांग्रेस सुनसरीका सचिव विरेन्द्र साह,पूर्व सांसद सिताराम मेहता,जिल्ला समन्वय समिति महासंघ सभापति राजन मेहता,बराहक्षेत्र नगरपालिकाका मेयर रमेशकुमार कार्की,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी,कोसी गाउँपालीका सभापति सुलेमान मन्सुरी सहित वडा सभापतिदेखि महाधिवेशन प्रतिनिधि गरी सयौंको उपस्थिति रहेको थियो ।

Tags: नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानसुनसरी क्षेत्र नम्बर ४

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.