सुनसरी । सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । मंगलबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...