इनरुवा । नेपाल मुस्लिम संघ सुनसरीको सभापतिमा हारुन अन्सारी चयन भएका छन् । अन्सारी भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष समेत हुन । मुस्लिम संघको जिल्ला उपसभापति वहाब अन्सारी,महिला उपसभापति नजिरा खातुन चयन भएका छन् भने सचिवमा हजरत हुसेन,सहसचिवमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दिन मियाँ र सहकोषाध्यक्षमा सेराज फलाही चयन भएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोसी प्रदेशका सभापति हाजी इसराइल मन्सुरीको अगुवाई नेपाल मुस्लिम संघका केन्द्रिय कार्यवाहक अध्यक्ष डाक्टर अताबुल मन्सुरी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार मियाँ अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष एवं नेपाल मुस्लिम संघ सुनसरीका निवर्तमान सभापति अजमल अख्तर आजादले हारुन अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला,पूर्व सांसद सिताराम मेहता,नेपाल मुस्लिम संघका केन्द्रिय कार्यवाहक अध्यक्ष डाक्टर अताबुल मन्सुरी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार मियाँ अन्सारी,नेपाली कांग्रेस सुनसरीका सचिव विरेन्द्रकुमार साह,तरुण दलका केन्द्रिय सदस्य सुनिलकुमार साह लगायतको उपस्थितिमा बिहीबार दिउँसो कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी नयाँ कार्यसमितिको नाम सार्वजनिक गरिएको नेपाल मुस्लिम संघ कोसी प्रदेश सचिव नईम अन्सारीले जानकारी दिए ।
नेपाल मुस्लिम संघ जिल्ला कार्यसमितिको महिला सदस्य अकबरी बेगम,नजमा खातुन र जलेशा खातुन चयन भएकी छन् । त्यसैगरी अन्य सदस्यहरुमा मोलिम अन्सारी,जावेद अन्सारी,मासुम अन्सारी,मन्जुर आलम, इसराफिल राइन,फिरोज आलम,सैयब अन्सारी,मुख्तार मियाँ,सेराजुद्दिन अन्सारी,अब्दुल मियाँ र बसिर मियाँ चयन भएका छन् । सर्वसम्मतबाट नेपाल मुस्लिम संघको अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिदै हारुन अन्सारीले आफू सबैलाई समेटेर मुस्लिम संघलाई क्रियासिल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल मुस्लिम संघले दिएको जिम्मेवारी अनुसार लामो समयदेखि हुन नसकेको मुस्लिम संघको जिल्ला अधिवेशन केन्द्रिय देखि स्थानीयस्तरका मुस्लिम समुदाय एवं अन्य कांग्रेसका प्रभावकारी नेताको उपस्थितिमा सफलतापूर्वक सम्पन्न गरी सर्वसम्मतिबाट नयाँ कार्य समिति चयन गर्न सफल भएको नेपाल मुस्लिम संघ कोसी प्रदेशका सभापति एवं सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी इसराइल मन्सुरीले जानकारी दिए ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...