लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम सुरु भएको छ । सामाजिक परिवर्तन केन्द्रको आयोजनामा बुधबारबाट सो तालिम सुरु भएको हो । तीनदिने सो तालिममा कोसी र भोक्राहा नरसिंह क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था एवं सामाजिक अगुवा गरी २५ जना सहभागी छन् ।

तालिममा सहभागीहरुलाई पहिलो दिन त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी भण्डारी र मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवन भट्टले वर्तमान समयमा देखिएको राजनैतिक,सामाजिक,वर्गीय,आर्थिक,पारिवारिक यावत द्वन्द्वको अवस्था एवं न्यूनीकरण गर्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

जनप्रतिनिधि,नागरिक समाज,सामाजिक अगुवा लगायतलाई लक्षित गरी सामाजिक द्वन्द,प्रभाव र समाज रुपान्तरणबारे तालिम आयोजना गरिएको सामाजिक परिवर्तन केन्द्रका रमेश भट्टराईले जानकारी दिए । वर्तमान समयको माग अनुसार सामाजिक विषयवस्तुलाई मध्यनजर गर्दै आयोजना गरिएको तालिम उपलब्धिमूलक भएको उनको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







