लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई सम्मान गरिएको छ । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा मिति २०७९ साल फाल्गुन १८,१९ र २० गतेसम्म अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै शनिबार एक कार्यक्रम आयोजना गरी प्रदेश सांसद र जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।
अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्नका लागि महत्त्वपूर्ण एवं उल्लेखनीय योगदान गरेको भन्दै अखिल नेपाल सन्तमन्त सत्संग प्रदेश कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डल,सुनसरी क्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सांसद इसराइल मन्सुरी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एवं कोसी अध्यक्ष ऐयुब अन्सारी,हरिनगर अध्यक्ष गफार मियाँ अन्सारी लगायत अन्य केही व्यक्तिलाई सम्मानपत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
सम्मानपत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन कार्यक्रमका प्रमुख अतिथि गुरुसेवी भविरथ दास, संरक्षक स्वामी शिवानन्द,संयोजक भरत प्रसाद मेहता र कार्यक्रम अध्यक्ष खुशीलाल कोडगियाको हस्ताक्षर रहेको छ ।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय समाजमा देखिएको धार्मिक द्वन्द बारेमा चिन्ता व्यक्त गर्दै समाजमा धार्मिक द्वन्द निम्त्याउन एवं समाजमा रहिआएको सद्भाव एवं सामाजिक एकतामा खलल पुर्याउन खोजिएको भन्दै त्यसप्रति सचेत एवं सजग बस्नुपर्ने कुरामा जोड दिएका छन् ।
कोसीमा द्वन्द रुपान्तरणका लागि संवाद तालिम
लौकही । सुनसरी जिल्लाको कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको अकुवा बर्डस ईको रिसोर्टमा द्वन्द्व रुपान्तरणका लागि संवाद तालिम...