लौकही । “मानव बेचबिखन विरुद्धको अभियान रोकथाम नै समाधान” भन्ने नाराका साथ संचालित रोकथाम,पहिचान,शिक्षा र रुपान्तरण परियोजना कोसी गाउँपालीकालाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र कोसी गाउँपालीकाको सहयोगमा कोकनले संचालन गरेको परियोजना शुक्रबार एक कार्यक्रम आयोजना गरी कोसी गाउँपालीकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

मानव बेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखिकरण कार्यक्रम, बेचबिखन विरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुलाई बेचबिखन तथा ओसारपसारविरुद्ध चेतनामूलक कार्यक्रम दिदै आएकोमा अब सो कार्यक्रम गर्नुपर्ने दायित्व गाउँपालीकालाई हस्तान्तरण गरिएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ । छ् वर्षको अवधिमा १७४ जनाको उद्धार गर्नुका साथै ८२ जना अभियान्ता उत्पादन गरेको,युवा श्रोत केन्द्र संचालनमा ल्याएको, विपन्न महिलालाई तालिम दिई स्वरोजगार बनाएको,सामाजिक धारणा परिवर्तन गर्न सफल भएको जस्ता आफूहरूको उपलब्धि भएको प्लान इन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक अनु उपाध्यायले बताइन् ।

परियोजना बाट मानव बेचबिखन विरुद्ध सर्वसाधारण जागरुक बनेको हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएपनि आर्थिक अवस्थाका कारण केही समस्या उत्पदन भएको गाउँपालीकाकि उपाध्यक्ष अनितादेवी यादवले बताइन् । यद्यपि कोसी गाउँपालीकाले सीमामा तैनाथ सुरक्षाकर्मीहरुसँग सहकार्य गरेर मानव बेचबिखन रोकथाम गर्न कर्मचारी नियुक्त गरेको हुँदा त्यसलाई यथावत राखिने उनको भनाइ छ । कोसी गाउँपालीकाको सभा हलमा उपाध्यक्ष अनिता यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृत सुरप्रसाद दंगाल,विभिन्न शाखाका प्रमुखहरु, युवा अभियान्ता, सुरक्षाकर्मीका साथै प्लान इन्टरनेशनल नेपालका पुजा सिंह,अनुज्ञा मिश्र,कोसी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास,सामाजिक एवं आर्थिक शाखा प्रमुख बिरेन्द्र मेहता लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








