इनरुवा । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी सम्मानित भएका छन् । नेपाली कांग्रेस पार्टी र मुस्लिम संघलाई संगठन विस्तारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा कोसी गाउँपालीका अध्यक्ष,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा गाउँपालीका राष्ट्रिय महासंघ कोसी प्रदेशका अध्यक्ष समेत रहेका अन्सारी आइतबार सम्मानित भएका हुन ।

उनलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । कोसी प्रदेशमा मुस्लिम समुदायबाट नेपाली कांग्रेस पार्टीमा युवा नेताको रूपमा अग्रपंक्तिमा रही पार्टी र मुस्लिम संघलाई संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको हुँदा सोही योगदानको उच्च मूल्यांकन गरी अन्सारीलाई सम्मानित गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








