इनरुवा । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा कोसी प्रदेशका कार्यवाहक सभामुख हाजी डाक्टर इसराइल मन्सुरी अन्सारी सम्मानित भएका छन् । नेपाली कांग्रेस पार्टी र मुस्लिम संघलाई संगठन चलायामान बनाउन खेलेको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा उनी आइतबार सम्मानित भएका हुन ।

उनलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भई कोसी प्रदेशको कार्यवाहक सभामुख पदको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नुका साथै नेपाल मुस्लिम संघ कोसी प्रदेशलाई चलायमान बनाउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








