इनरुवा । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा हरिनगर गाउँपालीका अध्यक्ष गफार मियाँ अन्सारी सम्मानित भएका छन् । नेपाली कांग्रेस पार्टी र मुस्लिम संघलाई संगठन विस्तारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनमा अध्यक्ष अन्सारी आइतबार सम्मानित भएका हुन ।
उनलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । सुनसरी जिल्लामा बसी मुस्लिम समुदायबाट नेपाली कांग्रेस पार्टीमा युवा नेताको रूपमा पार्टी र मुस्लिम संघलाई संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको हुँदा सोही योगदानको उच्च मूल्यांकन गरी अध्यक्ष अन्सारीलाई सम्मानित गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।








