लौकही । उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा कोशी गाउँपालीकामा विशेष कार्यक्रम गरी मनाएका छन् । नेपाल झाँगड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ संस्थाको आयोजनामा विशेष कार्यक्रम गरी राष्ट्रिय करम पूजा तथा सांस्कृतिक महोत्सव हर्षोल्लास मनाइएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा उराँव समुदायले एक आसिमा शुभकामना साटासाट गर्दै सांस्कृतिक कार्यक्रम र जमरा लगाएर करम पूजा सम्पन्न गरेको कोशी गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष ध्यानी उराँवले जानकारी दिए ।

उराँव समुदायका पुरुषहरु धोती,गम्छाको पगरी र आफ्नै पहिरनमा र महिलाहरु रातो र सेतो सारी,हातमा चाँदीको चुरा,घाटीमा हसुली,तिलहरी सहित सजिएर आफ्नो प्रस्तुति देखाएको थियो । उराँव समुदायले सांस्कृतिक कार्यक्रममार्फत हरेक वर्षजस्तै यसवर्ष पनि महान पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने,मौलिकता प्रदर्शन गर्ने काम गरेको उपाध्यक्ष उराँवले बताए ।

राष्ट्रिय करम पूजा तथा सांस्कृतिक महोत्सव कार्यक्रमले उराँव समुदायको धार्मिक विशेषताका साथै उराँव समुदायलाई जोड्ने काम गरेको उनको भनाइ छ । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले उराँव समुदायको हक,अधिकार र पहिचानका लागि आफूले पहल गर्ने बताउदै अधिकार स्थापित गराउन सबैको तर्फबाट सहयोग आवश्यक भएको बताए । सोही कार्यक्रममा बोल्दै कोशी अध्यक्ष ऐयुब अन्सारीले आफू हरेक जातजातिको संस्कृति सम्बर्द्धन एवं प्रवर्द्धन गर्न आवश्यकता अनुसार बजेट विनियोजन गर्नुदेखि आर्थिक सहयोग गर्दै आएको बताए ।

जिल्लाको कोशी,भोक्राहा नरसिंह,हरिनगर गाउँपालीकाका साथै इनरुवा नगरपालिकामा उराँव समुदायको बढी बसोबास रहेको जनाइएको छ । करम पूजा उराँव जातिको प्रमुख चाडपर्व भएकोले विगतका परम्पराहरुलाई संरक्षण गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरु जोड दिएका थिए । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला,कोशी प्रदेशका सांसदहरू सदानन्द मण्डल,हाजी इसराइल मन्सुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,कोशी अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव, भोक्राहा नरसिंह अध्यक्ष अजमल अख्तर आजाद,उपाध्यक्ष सुनिताकुमारी उराँव,लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








