लौकही । कोशी गाउँपालीकामा निशुल्क योग शिविर सुरु भएको छ । कार्तिक २० गते सोमबारदेखि कार्तिक २६ गतेसम्म संचालन हुने उक्त शिविरको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले गरेका हुन ।”स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना” भन्ने नाराका साथ युवा सांसद अभियान संजाल कोशी गाउँपालीका वडा नम्बर २ को आयोजनामा योग जागरण अभियान २०८० द्धार द्धारमा योग निशुल्क योग विज्ञान शिविर सुरु भएको हो ।

युवा सांसद अभियान संजालका अध्यक्ष सन्तोष साहुको अध्यक्षता एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आतिथ्यमा कोशी गाउँपालिका-२, वि. पि. स्मृति भवन, लौकहीमा भएको शिविरको समुदघाटन कार्यक्रममा कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ध्यानी उराँव, कार्यपालिका सदस्य राजकुमार साह,पयोस कोशी प्रदेश संगठन मन्त्री विष्णु आचार्य,पयोस कोशी प्रदेश सदस्य देवनारायण साह,पयोस सुनसरी जिल्ला महामन्त्री मिश्रीलाल मेहता, पयोस सुनसरी जिल्ला संगठन मन्त्री अमर बहादुर कटुवाल,पयोस सुनसरी जिल्ला सदस्य सिताराम साह,पयोस इनरुवा नगर अध्यक्ष कैलाश राय,कोशी योग साधना केन्द्र , कोशी गाउँपालिका, सुनसरीका योग गुरु सागर पंडित लगायत योग गुरुहरु, जनप्रतिनिधी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








