सुनसरी । सुनसरीको दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकामा हुने भनिएको मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा तत्काललाई स्थगित भएको छ । सुरक्षाको कारण देखाउदै इटहरी उपमहानगरपालिका वडा नम्बर १३ स्थित खनारमा मंसिर ५,६ र ७ गते तथा दुहबी नगरपालिका वडा नम्बर १ स्थित प्रास्टोकीमा मंसिर ७,८ र ९ गते हुने भनिएको मुल्की इज्तेमा कार्यक्रम पूर्वनिर्धारित समय भन्दा केही दिन पछि गर्ने गरी तत्काललाई स्थगित भएको श्रोतको भनाइ छ ।सरकारले तत्कालका लागि इटहरी उपमहानगरको खनार र दुहबी नगरपालिकाको प्रास्टोकीमा हुन लागेको इज्तेमा रोक्न आदेश दिएपछि पूर्वनिर्धारित समयमै इज्तेमा गराउन सुनसरीका मुस्लिम अगुवाको टोलिले प्रयास गरेपनि सफल भएन ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








