सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०८० साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ् । जसअनुसार इलाका प्रहरी कार्यालय भण्टाबारी, सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बुलाई कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी नायव निरीक्षक दुर्गाबहादुर पोमु लिम्बुले मिति २०८०/०५/१७ गते धरान ३ स्थित सुन पसलमा डाँका चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला पर्सा विरगंज उ.प.म.न.पा. २४ बस्ने वर्ष २५ को वसिर मियाँ र भारत मोतिहारी घोडासन घर भइ भरतपुर म.न.पा. चितवनमा डेरा गरी बस्ने बर्ष २२ की रितु साहलाई क्रमशः चितवन, पर्साबाट पक्राउ गरेको, मिति २०८०/०६/१६ गते हरिनगर गा.पा.को कार्यालय अगाडीको सडक खण्डमा हिडिरहेको पैदल यात्रीलाई ठक्कर दिइ फरार रहेको सवारी साधनको खोजतलास गरी घटनामा संलग्न विराटनगर म.न.पा. ११ बस्ने जयन्त वर्थेहवालाई मिति २०८०।०६।२७ गते पक्राउ गर्न सफल भएको, मिति २०८०।०६।२१ गते जिल्ला सुनसरी धरान उ.प.म.न.पा. की एक बालिकालाई भारत लैजाने जिल्ला सर्लाही नवलपुर २ बस्ने मुन्ना पासवानलाई मिति २०८०/०७/०५ गते पक्राउ गरी बेपत्ता परेकी बालिकालाई भारतको मोतिहारी जिल्लाबाट सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको, नेपाल भारत बोर्डर नाकाबाट विभिन्न मितिमा भन्सार छली गरी ल्याएको १०,००,०००/- (दश लाख) बराबरको अवैध सामान नियन्त्रणमा लिइ भन्सार बुझाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








