सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद हाजी इस्राइल मन्सुरीले कोशी प्रदेशसभाको पुनः अध्यक्षता गर्ने जिम्मेवारी पाएका छन् । कोशी प्रदेशको वर्तमान अवस्थामा सभामुख नभएको र उपसभामुख सृजना दनुवार देश बाहिर जानुपर्ने भएपछि सांसद मन्सुरीले मंसिर १० गतेदेखि कोशी प्रदेशसभाको अध्यक्षता गर्ने जिम्मेवारी पाएका हुन ।

कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संसोधन २०७५/ को नियम ११ को उपनियम (१) बमोजिम मिति २०७९/०९/२६ गतेको बैठकबाट सभामुख र उपसभामुख अनुपस्थित भएको अवस्थामा बैठकको प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन २०७५ को नियम ११ को उपनियम (२) बमोजिमको अधिकार प्रयोग गर्ने गरी चालु प्रदेश सभाको अधिवेशनका बैठकमा उपस्थित भई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सांसद मन्सुरी पाएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








