भुटाहा । हरिनगर गाउँपालिका-४ मा रहेको कृषि कार्यालय हाताभित्र नवनिर्मित पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन गरिएको छ । नवनिर्मित हरिनगर गाउँपालीकाको पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवनको एक कार्यक्रमका बीच आइतबार कोशी प्रदेशका कार्यवाहक सभामुख हाजी इस्राइल मन्सुरीले उद्घाटन गरेका हुन ।

२ कोठे तल पक्की र माथि कर्कटपातासहित नवनिर्मित पशु सेवा शाखा कार्यालय भवनको उद्घाटन कार्यक्रम हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा भएको सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा हरिनगर गाउँपालिकाकि उपाध्यक्ष रिमझिम कुमारी भगत,प्रमुख प्रशासकीय अधिकृत तुला मगर लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मा कोशी प्रदेशका कार्यवाहक सभामुख मन्सुरीले कृषि कार्यालयको भवनबाट पशु सेवाको भवन निर्माण भएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे । उक्त भवन बनाउन हरिनगर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/ ०८१ मा पालिकाबाट भ्याटसहित ९ लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका सबइन्जिनियर बिकेश मेहताले बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







