सुनसरी । रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम परस्त्री सहित धरानको एक होटलबाट रंगेहात पक्राउ परेका छन् ।गौतम परस्त्री सँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
नेकपा एमालेबाट टिकट पाएर दोस्रो कार्यकाल वडाध्यक्ष चलाइरहेका गौतम रामधुनी ७ कै महिलासँग रंगेहात भेटिएको बताइएको छ । महिलाका आफन्तले महिला वडाध्यक्ष गौतम सहित धरान १२ मा रहेको शुभकामना होटलमा रहेको भन्ने सुचना दिएपछि इलाका प्रहरी कार्यलय धरानबाट प्रहरीको टोली खटिएको थियो ।
प्रहरीले दुवैलाई अर्धनग्न रुपमा भेटेको बताइएको छ । इलाका प्रहरी कार्यलय धरानमा लगिएको गौतमलाई छाड्न सभासद देखि माथि सम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव उपरिक्षक नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित गरेका छन् । संचारकर्मी सँगको कुराकानीमा बोल्दै डिएसपी मल्लले भने ‘ केशव गौतम जि र एक जना महिला हाम्रो सम्पर्कमा हुनुहुन्छ । थप हामी अनुसन्धान गरिरहेका छौँ । ’यसबारे थप विवरण आउन बाँकि छ ।








