लौकही । कोशी प्रदेशले प्रहरी कार्यालय बिराटनगरले कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीलाई सम्मानपत्र सहित सम्मान गरेको छ । प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाज कायम राख्ने कार्यमा नेपाल प्रहरीलाई अनुकरणीय योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीलाई नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायब निरीक्षकले सोमबार गाउँपालीकाको कार्यालयमा सम्मानपत्र हस्तान्तरण गरे ।

यता कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीलाई नेपाल प्रहरीले उहाँले गर्नुभएको सहयोगको उच्च मूल्यांकन गरी सम्मान गरेकोमा प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई धन्यवाद दिए । सम्मानपत्र हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,लेखा अधिकृत सूरप्रसाद दंगाल,स्वास्थ्य शाखा प्रमुख रामनाथ साह, कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वास लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








