ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

दुर्घटना न्यूनीकरण गर्न गाउँ-गाउँमा सचेतना

आवर कोशी by आवर कोशी
मंसिर २६, २०८०
दुर्घटना न्यूनीकरण गर्न गाउँ-गाउँमा सचेतना
30
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले सुनसरीमा ट्राफिक जनचेतनानामूलक कार्यक्रम संचालनमा ल्याइएको छ । सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको हो । अभियान अन्तर्गत पहिलो दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय र सुनसरी प्रहरी तथा हरिनगर गाउँपालीकाको संयुक्त आयोजनामा मंगलबार हरिनगरामा ट्राफिक जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरियो । हरिनगर गाउँपालिकाबाट थालिएको ट्राफिक जनचेतनामूलक कार्यक्रम जिल्लाका विभिन्न स्थानमा एक हप्तासम्म संचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हरिनगरबाट प्रभातफेरी गरी उद्घाटन गरिएको सप्ताह व्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत मंसिर २७ गते तीब्र गति नियन्त्रण तथा पार्किङ निषेध, २८ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, २९ गते सिटी तथा इरिक्सा र स्कुल बसलाई प्रशिक्षण, ३० गते मापसे तथा लापसे चेकिङ, पुस १ गते चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच र २ गते अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय बढ्दो अवस्थामा रहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले ग्रामीण भेगमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी बिपिन रेग्मी बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरिएको उनको कथन छ । अभियान अन्तर्गत हरिनगर गाउँपालीका अन्तर्गत रहेका विद्यालय एवं मदरसामा अध्ययनरत सयौं विद्यार्थी,शिक्षकशिक्षिका र अभिभावकहरूलाई ट्राफिक सचेतनामूलक जानकारी गराइएको हो ।

ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रमुख एसपी सरोज पौडेल भन्छन् ‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी अभियानको थालनी भएको छ,’ उनले भने, ‘यो अभियान गाउँ केन्द्रित हुनेछ । यसको थालनी हरिनगराबाट सुरु भएको छ ।’ अभियान अन्तर्गत गाउँहरूमा पुगेर स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रहरी समेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराइने ट्राफिक प्रहरीले जनाएको छ । ‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’

अभियानमा गाउँका प्रत्येक विद्यालय एवं मदरसाहरूमा ट्राफिक प्रहरी र नेपाल प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि संचालन गरिनेछ । ‘विद्यालय जाने बालबालिकाहरू कम उमरेका भएका कारण सवारी दुर्घटनामा पर्ने उच्च जोखिम वर्गमा पर्दछन्,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले भने, ‘ दुर्घटना हुनबाट जोगाउन तथा सडक सुशासन पालना गराउन र असल जिम्मेवार नागरिकको रुपमा विकास गर्नको लागि योजनाबद्ध रुपमा बालवालिका सुरक्षाका विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ । सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवारी समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि संचालन गरिनेछ ।’

Tags: जिप्रका सुनसरीट्राफिक जनचेतनामूलक कार्यक्रमट्राफिक प्रहरी सचेतना अभियानहरिनगर गाउँपालीका सुनसरी

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.