मिकाइल आलम
सुनसरी । सवारी दुर्घटना न्यूनीकरण उद्देश्यका साथ संचालनमा ल्याइएको ट्राफिक जनचेतनानामूलक कार्यक्रमलाई हरिनगर गाउँपालीकाले समर्थन गरेको छ । मंगलबार हरिनगरामा ट्राफिक जनचेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारीले पछिल्लो समय बढ्दो अवस्थामा रहेको सवारी दुर्घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न सहयोग गर्न तत्पर रहेको बताए ।

आफू निर्वाचित भएको दोस्रो कार्यकाल चलिरहँदा हालसम्म ४५ किलोमीटर भन्दा बाटो कालोपत्र गरिसकेको स्मरण गराउदै अध्यक्ष अन्सारीले यद्यपि उक्त बाटोमा खासगरी नयाँ पुस्ताका युवाहरूले लापरबाही तवरबाट सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको बताए । ´२०७४ सालमा म निर्वाचित भएदेखि हालसम्म ४५ किलोमिटर बाटो कालोपत्र भएको अवस्था छ्; अध्यक्ष अन्सारी भन्छन् ´तर,आज दु:खका साथ भन्नुपर्दा हामीले बनाएको करोडौंमा असावधानीपूर्वक गाडी गुडाउने काम भएको पाइन्छ जसबाट दुर्घटना भई अकालमा मृत्यु हुनेहरुको संख्या बढ्दो छ् । ´ हेल्मेट नलगाउने,तीव्र गतिमा मोटरसाइकल कुदाउने काम भइरहेकोमा प्रश्न गर्दै उनले भने के हामी यसैको लागि पक्की बाटो बनाइदिएको हो ? ।`

ट्राफिक नियम उल्लंघन गर्नेहरूमध्ये अधिकांश युवा अवस्थाका रहेको पाइएको हुँदा सुनसरी प्रहरीसँग समन्वय गरी आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमबाट प्राप्त ज्ञान सदुपयोग गरी दैनिक जीवनमा प्रयोगमा ल्याउन अध्यक्ष अन्सारीले विद्यार्थी वर्गलाई आग्रह गरे । साथै उनले अब आफ्नो ध्यान बाटोघाटो निर्माण गर्ने मात्रै नभई सचेत एवं जिम्मेवार नागरिक उत्पादन गर्नेतर्फ रहेको भन्दै आगामी दिनमा पनि सुनसरी प्रहरीसँग सहकार्य गरेर दुर्घटना न्यूनीकरणका साथै लागूऔषध न्यूनीकरण एवं नियन्त्रणका कार्यक्रम गरिने बताए ।








