इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ३ का प्रताप सदा पुनः अस्पताल उपचाररत छन् । मृत्यु भइसकेको भन्दै बिराटनगर स्थित रहेको मेट्रो न्युरो अस्पतालबाट ल्याइएका उनको स्वास्थ्य अवस्था बिग्रेपछि पुनः अस्पताल भर्ना गरी जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको छ ।
सदाको स्वास्थ्य अवस्थामा आएको समस्या आएको र उपचार गर्न आर्थिक अवस्था नाजुक रहेकोे अवस्थामा कोशी प्रदेश सांसद हाजी इस्राइल मन्सुरीको सहयोगमा उनको परिवारले जिल्ला अस्पताल सुनसरीमा भर्ना गराएको हो ।

कोशी प्रदेश सांसद मन्सुरीले शनिबार अस्पताल पुगेर उक्त बिरामीको स्वास्थ्य अवस्था बुझेका छन् । बिरामीको स्वास्थ्य अवस्था बुझ्दै उनले आफूले आवश्यकता अनुसार सहयोग गर्दै आएको र आगामी दिनमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।








