ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

गाँजा तस्करीको ‘ट्राञ्जिट’ बन्दै सुनसरी

२९ जना पक्राउ, ७ सय ५६ केजी गाँजा बरामद

आवर कोशी by आवर कोशी
जेष्ठ २८, २०७८
गाँजा तस्करीको ‘ट्राञ्जिट’ बन्दै सुनसरी
42
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । पछिल्लो समय गाँजा तस्करहरूका लागि सुनसरी जिल्ला ‘ट्राञ्जिट एरिया’ बनेको छ । जिल्लाका विभिन्न सीमा नाका हुँदै भारततर्फ गाँजा तस्करी गर्नेहरूले सुनसरीलाई ट्राञ्जिट बनाएका हुन् ।

जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट भारततर्फ गाँजा तस्करी हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि निगरानी बढाएको प्रहरीले दाबी गरेपनि सुनसरीलाई ट्राञ्जिट बनाएर भारतीय सीमा कटाउने सिलसिला जारी छ । पूर्वी पहाडी जिल्लाबाट विभिन्न माध्यमबाट ल्याइने गाँजा रातिको समयमा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै भारततर्फ कटाउने गरिएको छ ।

सीमानाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गर्दै आएका छन् । कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको १० दिन बित्न नपाउँदै गत मब्गलबार भोक्राहा  नरसिंह गाउँपालिका–८ स्थित उल्टीबाट ठूलो परिणाममा गाजा बरामद भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको दशगजा क्षेत्रबाट प्रहरीले १ सय २ केजी गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल उल्टी बिओपीका इन्स्पेक्टर महेशविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले मकैबारीबाट ५ बोरा गाँजा बरामद गरेका थिए । स्थानीय बासिन्दाहरूका अनुसार २ बोरा गाँजा भने तस्करहरूले भारतीय सीमा कटाएका थिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली पुग्दा तस्करहरू भारततर्फ तस्करी गराउन तयारी अवस्थामा राखेको गाँजा छाडेर भाग्न सफल भएका थिए ।

लगत्तै गाँजा तस्करी भइरहेको सूचनाको आधारमा घटनास्थल पुगेको सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकी सिसुवाबाट खटिएको टोलीले प्लाष्टिकमा बेरेर राखेको अवस्थामा गाँजा बरामद गरेको थियो । जेठ १६ गते भण्टाबारी नाका हुँदै भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गाँजा सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा गाँजासहित एक जनालाई नियन्त्रणमा  लिएको थियो । एम्बुलेन्समा गाँजा ल्याइएको स्रोतले बताए पनि सुनसरी प्रहरीले यसबारे तत्कालै केही प्रतिक्रिया दिएन । जबकि अनुसन्धानका नाममा एउटा एम्बुलेन्सलाई बिहानदेखि दिउँसोसम्म सीमा प्रहरी चौकी भण्टाबारीमा राखिएको थियो । सो एम्बुलेन्सबारे जिज्ञासा राख्दा स्थानीय प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको बताए पनि उक्त एम्बुलेन्सबारे छानबिन नै

नगरी छाडिएको स्रोतको दाबी छ । एम्बुलेन्स प्रयोग गरेर तस्करहरूले गाँजा ओसार–पसार गर्दै आएको बारे प्रहरी जानकार हुँदाहुँदै नियन्त्रणमा लिएरको एम्बुलेन्स कसरी छाडियो भन्ने विषयमा अहिले प्रश्न उब्जिएको छ । गाँजा ओसार–पसारमा प्रयोग भएको एम्बुलेन्स र त्यसका चालक बारे सुनसरी प्रहरीले अनुसन्धान नगरेकोमा स्थानीय बासिन्दाले प्रश्न गर्न थालेका छन् । सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन सइलाई सरुवा गराउँदै घटनाबारे यथार्थ कुरा लुकाउने खेल भइरहेको स्रोतको आरोप छ ।

२९ जना पक्राउ, ७ सय ५६ केजी गाँजा बरामद

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक
वर्षको हालसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ५६ केजी गाँजा बरामद गरिएको छ । गाँजा तस्कर गरेको, ओसार–पसार र बिक्री वितरण गरेको आरोपमा २९ जना व्यक्ति पक्राउ परेका छन् । साउन १ गतेदेखि बिहीबारसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ५६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नरेन्द्र कार्कीले बताए । उनका अनुसार गाँजासँग सम्बन्धित २६ वटा मुद्दा दर्ता भएकोमा २९ जना व्यक्ति पक्राउ परेका छन् । जेठ १६ गते भण्टाबारीबाट बरामद भएको गाँजा एम्बुलेन्समै ल्याइएको भएपनि कुन एम्बुलेन्समा ल्याइयो भन्ने पहिचान हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको बताउँदै डिएसपी कार्कीले केही दिनमै गाँजा बोक्ने एम्बुलेन्सको पहिचान हुने दाबी गरे । उनले जिल्ला प्रहरी कार्यालय सुनसरी गाँजा नियन्त्रण तथा रोकथामका लागि लागिपरेको बताए । उनले प्रहरीमाथि लगाइएका आरोप निराधार भएको बताए । गाँजा मुद्दामा नाम मुछिएका केही आरोपित फरार रहेकाले तिनीहरूलाई समेत पक्राउ गर्न विशेष टोली परिचालन गरिएको बुझिएको छ । कोशी गाउँपालिका–८ स्थित राजमार्गको दक्षिणपट्टि रहेको पानीट्याब्कीको नजिक प्लाष्टिकले बेरेर राखिएको ६ थान शब्कास्पद बोरा फेला पारी चेकजाँच

गर्दा १ सय ६५ केजी गाँजा बरामद गरिएको बारे नियमित प्रेस रिलिजमार्फत् जानकारी गराइए पनि प्रहरीले गाँजा तस्करीमा संलग्न सवारीसाधनका बारेमा केही खुलाउन चाहेनन् । गाँजा धनीबारे खोजतलास गर्ने क्रममा कोशी गाउँपालिका–८ का ४० वर्षीय गणेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइए पनि उनी भरिया मात्र रहेको बुझिएको छ । केही समयअघि सशस्त्र प्रहरीले भण्टाबारीबाटै ४९ केजी गाँजा बरामद गरेको थियो । भण्टाबारीकै केही तस्करहरूले स्थानीयदेखि जिल्ला र प्रदेशसम्मका प्रहरी अधिकृतलाई मोटो नजराना बुझाई तस्करी गराउने गरेको स्रोतको आरोप छ । केही समय पहिले गाँजा मुद्दामा आफ्नो नाम रहेको थाहा पाएपछि एकजना तस्करले मोटो रकम बुझाई आफ्नो नाम कटाउन सफल भएको स्रोतको दाबी छ । गत माघ २२ गते मध्यरातको समयमा को.१ च ९८५२ नम्बरको स्कारपियोबाट सुनसरी प्रहरीले २ सय ५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । केही समयअघि बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ल्याउँदै गर्दा धरानबाट प्रहरीले गाँजासहित दुई जनालाई १ सय केजी गाँजासहित पक्राउ गरेको थियो ।

कोशी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट भारततर्फ गाँजा तस्कर हुने गरेको छ । कोशी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरी हुँदैसो गाँजा भारततर्फ तस्करी गर्नेगरेका छन्

Tags: गाँजातस्करी

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.