लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालिकामा एउटै प्याकेज अन्तर्गत १६ वटा मन्दिरको निर्माणकार्य सम्पन्न भएको छ । २० वटा दिनाभध्री मन्दिरको निर्माण गर्ने योजना रहेकोेमा ति मध्ये हालसम्म १६ वटा मन्दिरको निर्माण सम्पन्न भइसकेको कोशी गाउँपालीकाको कार्यालयले जनाएको छ ।

अन्य चारवटाको पनि निर्माणकार्य अन्तिम चरण पुगेको हुँदा केही समयमै उद्घाटन गरिने जनाइएको छ । कोशी गाउँपालीकाबाट निर्माणकार्य सम्पन्न गरिएका मन्दिर मध्ये कोशी गाउँपालिका वडा नम्बर-५ को दिनाभध्री मन्दिरको सोमबार बिहान कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, सदानन्द मण्डल,कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी ,कोशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष साह जमाल लगायतले निरीक्षण गरेका छन् ।

कोशी गाउँपालीकाबाट निर्माणकार्य सम्पन्न गरिएका मन्दिर मध्ये कोशी गाउँपालिका वडा नम्बर-५ को दिनाभध्री मन्दिर संचालन अवस्थामा रहेकोे पाइएको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले बताए । ऐयुब अन्सारी नेतृत्वको जनप्रतिनिधि कोशीमा २०७४ सालमा निर्वाचित भएपछि शिक्षा,स्वास्थ्य,कृषि जस्ता आधारभूत आवश्यकताका साथै भौतिक पूर्वाधार अन्तर्गत हरेक वडामा पक्की बाटो निर्माण गरी राजमार्गसँग जोडिएको उनको भनाइ छ । उनले आफूहरू प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित भएपछि स्थानीय जनताको माग र अपेक्षाअनुसार योजना निर्माण गरी सोहीअनुसार काम गरिरहेको बताउँछन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







