श्रीपुर । १५ वर्ष अगाडि गएको बाढीबाट बगरमा परिणत भएको ठाउँमा तरबुजा तथा तरकारी खेती गर्दै कोसी क्षेत्रका किसानले राम्रो आम्दानी गरिरहेका छन् । यहीँ खेतीबाट किसानहरुको जीवनस्तरमा सुधार मात्रै आएको छैन । बगरे खेतीबाटै आर्थिक रूपमा सफल भएका उनीहरूमा ठुलो जोश,जाँगर पलाएको छ । २०६५ सालमा गएको बाढी पश्चात् बगरमा परिणत भएको साविक श्रीपुर गाविस हाल कोशी गाउँपालीका ४,५ र ६ नम्बर वडाको जमिनमा अहिले हरियाली छाएको छ ।

कोसी गाउँपालीका वडा नम्बर ६ का जयनारायण मेहता यसवर्ष ५ बिघा जमिनमा तरबुजा र फर्सी खेती लगाएका छन् । उनी यतिबेला बिहानैदेखि बगरमा जाने र तरबुजा टिपेर व्यापारीलाई बेच्ने काममा व्यस्त हुन्छन् । आफ्नै प्रयासमा गरिएको खेतीबाट उनी वर्षेनि लाखौं रुपैयाँ आम्दानी गर्छन् । कोशीको बाढीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पार्यो मेहता भन्छन् अहिले त्यहीँ जग्गामा तरबुजा र फर्सी तरकारी खेती गरेर परिवार पाल्ने,घरखर्च चलाउने मात्रै नभएर छोराछोरी पढाएर केही मात्रा बचत पनि गर्न सफल भएको छु ।

बगरमा खेत गरिरहेका मेहता जस्ता किसानलाई कोशी गाउँपालीकाको कार्यालयबाट आवश्यकता अनुसार अनुदानमा कृषि सामाग्री उपलब्ध गराइदै आएको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । सोही किसानले लगाएको खेतीको सोमबार कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल,कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव लगायतले अनुगमन गरेका छन् । भारतको राजस्थान बाट ल्याइएर कोशी गाउँपालिकाले सहयोग गरेको किसान मेहताले बालुवाको बगरमा गरेको बैयर खेतीको उनीहरूले अनुगमन गरेका हुन ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








