इनरुवा । कोशी गाउँपालिकामा शैक्षिक सुधारको सवालमा सरोकारबालाहरुका बीचमा संवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा मंगलबार सामाजिक परिवर्तन केन्द्रले आयोजना गरेको शैक्षिक सुधार सवालको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले विद्यालयहरुमा भौतिक पूर्वाधार तर्फ विभिन्न स्थानमा ३४ कोठाको भवन निर्माण र नीजि स्रोतका ३० जना शिक्षकको व्यवस्था गरेको बताउनुभयो ।

विद्यालयको माग र वडाबासीको आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकामा चार माध्यमिक विद्यालयबाट माविको संख्या आठ पुर्याएको, एउटामा कक्षा १२ सम्म र प्राविधिक धारको कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । अध्यक्ष अन्सारीले विकासमा पहिलो प्राथमिकता नै शिक्षालाई दिएर काम गर्दै आएको बताउनुहुदै दरबन्दी नभएको विद्यालयमा दरबन्दीको व्यवस्था गरेको, शिक्षक र विषयगत शिक्षकको व्यवस्था मिलाएर शैक्षिक सुधारका लागि प्रयास गरेको बताउनुभयो ।

शैक्षिक सुधारको सवालमा सरोकारबालाहरुका बीचमा संवाद कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिलशेर राईले शिक्षा देश विकासको मेरुदण्ड भएकाले शैक्षिक सुधारको पक्षमा गाउँपालिका निरन्तर रुपमा लागि परेको बताउनुभयो । यस्तै राष्ट्रिय रमावि लौकहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले शिक्षा सुधारको प्रयास भएपनि अझै माध्यमिक विद्यालयमा भवन, फर्निचर, शौचालय र मर्मतसम्भार अभाव भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

कोशी मावि पश्चिम कुशाहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले आफूहरुको विद्यालयमा बन्दै गरेको भवनको काम समयमा सम्पन्न गर्नुपर्ने, कक्षा ११ र १२ को शिक्षाका लागि कक्षा थप स्तोरोन्ती गर्नुपर्ने, स्रोत नभएको विद्यालयमा कर्मचारीको तलब सुविधा कटौती गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले विद्यालयमा आधारभुत आवश्यकता पुरा गरिदिए सुधार हुने बताउनुभयो । सोही कोशी माविका प्रधानाध्यापक नागेश्वर साहले विगतको भन्दै सुधार भएपनि अझै नयाँ भवन, केही विधार्थीका लागि खानेपानी, फर्निचर, थप दरबन्दीका शिक्षक, शौचालय र चालु खर्च वा मर्मत सम्भारको खर्चको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्टिय मावि लौकहीका प्रधानाध्यापक विपिन साह, राष्टिय मावि सोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, राष्टिय मावि श्रीपुरका प्रधानाध्यापक जयप्रकाश यादव, सप्तकोशी माविका प्रधानाध्याक,व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव सहित ३० बढी सरोकाबरालाहरुको उपस्थिती रहेको थियो । सामाजिक परीवर्तन केन्द्रका स्थानीय सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, शिक्षा शाखा प्रमुख देवराज अधिकारी, लेखा अधिकृत सुरप्रसाद दंगाल, कोशी १ का वडा अध्यक्ष सोभितनारायण यादव, २ का वडा अध्यक्ष ध्यानी उराँव, ५ वडा अध्यक्ष साह जमाल र ६ का वडा अध्यक्ष जुडिलाल कोडोगिया सहित प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरु र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








