ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नवनियुक्त आठ मन्त्रीको ‘कुण्डली’

आवर कोशी by आवर कोशी
जेष्ठ २८, २०७८
नवनियुक्त आठ मन्त्रीको ‘कुण्डली’
31
SHARES
Share on FacebookShare on Twitter

मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई लिएर सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । छलफलका लागि असार ८ गते रिट निवेदक र सरकार दुवै पक्षलाई बोलाउने आदेश सर्वोच्चले दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री तथा जनता समाजवादी पार्टी -जसपा) को महन्थ ठाकुर पक्षबाट एक जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

बिहीबार मन्त्री बन्नेहरूको छोटो राजनीतिक बायोग्राफी यहाँ प्रस्तुत गरिएको छ :

महेश बस्नेतलाई उछिनेर खगराज अधिकारी गृहमन्त्री

रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीबाट पदमुक्त भएसँगै गृहमन्त्रीमा नेताद्वय खगराज अधिकारी र महेश बस्नेतको नाम चर्चामा थियो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहँदै आएका दुवै नेतामध्ये कसले गृहमन्त्री पद पाउने भन्ने विषय चासोका साथ हेरिएको थियो । अन्ततः अधिकारीले बाजी मारेका छन् ।

अधिकारी आफ्ना असन्तुष्टि स्वयं अध्यक्ष ओलीसँग सीधा राख्न सक्ने नेतामा पर्छन् ।

२३ फागुन, २०७७ मा नेकपा नामको मुद्दा फैसला गर्दा सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीको एकता भंग गरिदिएपछि अध्यक्ष ओलीले एमालेमा नयाँ कार्यविभाजन गरे । माधव नेपाल पक्षका नेताहरूलाई हटाएर एकलौटी रूपमा पार्टी कमिटीमा जिम्मेवारी घोषणा गरे । त्यसबेला नेता अधिकारीको गण्डकी प्रदेश सह-इन्चार्ज पद पनि खोसिएको थियो ।

इन्चार्जमै दाबी गर्दा आफूलाई सह-इन्चार्जबाट हटाएको भन्दै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एक बैठकमा आफूले भूगोलको जिम्मेवारी मागेको तर, नपाएको भन्दै असन्तुष्टि पोखेका थिए । त्यसबेला उनले भनेका थिए, ‘भूगोलमै काम गर्न पाऊँ भनेको तर, भूगोलबाट विदा गरेर स्वास्थ्य विभागमा नाम हालिएछ । अब मलाई पोखरा महानगरपालिकाको ३१ नम्वर वडा कमिटीमा राखियोस्, अध्यक्ष कमरेड ।’

अहिले तिनै अधिकारीलाई प्रधानमन्त्री ओलीले गृहमन्त्री बनाएका छन् ।

२०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी एमालेको संसदीय दलको सचेतक भएका थिए । २०५६ र २०६४ सालको निर्वाचनमा उनी पराजित भए ।

२०७४ सालको चुनावमा कास्की-१ बाट निर्वाचित भएर आएपछि उनी एमालेको प्रमुख सचेतक भए ।

सरकारमा भने अधिकारीको दोस्रोपटक सहभागिता हो । पहिलोपटक २०७१ सालमा तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री थिए । अहिले गृहमन्त्री बनेका छन् ।

राजपाबाट ११औँ मन्त्रीको रूपमा राजकिशोरको बाजी

एमालेभित्रको आन्तरिक कलह साम्य पार्न नसकेर माधव नेपाल समूहलाई लत्याएर अगाडि बढेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका ११ जना सांसदलाई मन्त्री बनाएका छन् ।

११औं मन्त्री बन्ने सौभाग्य पाउने नेता हुन् राजकिशोर यादव । उनी अहिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

३२ जना सांसद रहेको जसपामा ठाकुरसँग आधा (१६) सांसद रहेको बताइन्छ । ३४ मध्ये जसपाका एक सांसद जेलमा छन् भने एक जना निलम्बित छन् ।

यसअघि १० मन्त्री लिएर जसपा सरकारमा गएको थियो । राजकिशोर यादव उद्योग मन्त्री भएपछि २५ सदस्यीय मन्त्रिपरिषद्मा जसपाका मात्रै ११ जना मन्त्री बनेका छन् ।

यादव राजनीतिमा लामो इतिहास बोकेका नेता होइनन् । उनी २०६० सालदेखि राजनीतिमा लागेका नेता हुन् ।

२०६० सालमा तत्कालीन मधेशी जनअधिकार फोरममा आवद्ध भएका यादव २०६७ सालमा फोरम गणतान्त्रिक गठन गरेर आफैं अध्यक्ष भए । २०७२ साल वैशाखमा मधेशकेन्दि्रत दलहरू एकीकृत भई राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बन्दा अध्यक्षमण्डलको सदस्य बने । चक्रीय प्रणालीअन्तर्गत ६ जना अध्यक्षले नेतृत्व गर्ने क्रममा यादवले पनि राजपा पार्टीको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए ।

पछि राजपा र संघीय समाजवादी मिलेर जसपा बन्यो । जसपा प्रधानमन्त्री ओलीको कदमलाई लिएर दुई धारमा विभाजित छ । यादव अध्यक्ष महन्थ ठाकुर धारमा छन् ।

यादवको संसदीय यात्रा २०६४ को संविधानसभामा सिरहा ६ बाट निर्वाचित भएसँगै शुरू भएको हो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पराजित भए । २०७४ सालको चुनावमा उनी सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

नेता यादवको सरकारमा सहभागिता भने अहिले दोस्रोपटक हो ।

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

अहिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

माधव समूह लत्याएपछि मन्त्री बने गणेश पहाडी

नेकपा विभाजनपछि एमालेमा माधवकुमार नेपाल समूहमा रहेर ओलीको कदमको विरोध गर्दै आएका गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

अध्यक्ष ओलीले पार्टी २ जेठ २०७५ मा फर्किने प्रस्ताव गरेपछि आफू मन्त्री बन्न तयार रहेको उनले बताएका छन् ।
माधव नेपाल समूहले ओलीको सो प्रस्ताव छलकपटपूर्ण भनेर अस्वीकार गरेको छ । तर, पहाडी नेपाल समूह नै छोडेर मन्त्री बन्न गएका हुन् ।

यसले एमाले माधव नेपाल समूहभित्र हलचल नै पैदा गरेको छ । हलचल पैदा हुनुको कारण उनी मन्त्री हुनु मात्रै नभएर माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिनुलाई पनि लिइएको छ ।

एक महीनाअघि पहाडी प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला संसदमा अनुपस्थित भएका थिए । तर, अहिले ओलीकै मन्त्रिपरिषद्मा गएका हुन् ।

तर, उनले प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा हस्ताक्षर गरेका थिएनन् । पहाडी पहिलोपटक मन्त्री भएका हुन् ।

संसदीय यात्रामा भने उनी २०७० मा संविधानसभा सदस्य र २०७४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

मन्त्री पहाडीले समाजशास्त्रमा स्नातकोत्तर र सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

२०३६ साल असार ९ गते सिन्धुलीमा जन्मिएका गणेशकुमार पहाडी २०४० सालदेखि राजनीतिमा छन् ।

२०४७ मा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी २०५१ मा सिन्धुली-काठमाडौं सम्पर्क कमिटीको संयोजक भएका थिए ।

२०५२ सालमा एमाले जिल्ला कमिटी सदस्य, २०६५ मा एमाले जिल्ला सचिव, २०६६ मा एमाले जिल्ला संयोजक हुँदै एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामा केन्द्रीय सदस्य भएका थिए ।

मोहन बानियाँलाई मन्त्री बन्ने मौका

२०२० साल माघ १५ गते मुगुमा जन्मिएका मोहन बानियाँ २०३६ सालदेखि राजनीतिमा छन् ।

यति लामो राजनीतिक जीवनमा उनी पहिलोपटक मन्त्री बने । ‘म त पुरानै सिनियर मान्छे हुँ, बल्ल अहिले पालो आयो’ उनले भनेका छन् ।

बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । बानियाँले आफू चौथो पटकको प्रयासमा बल्ल मन्त्री बनेको अनलाइनखबरलाई सुनाएका छन् ।

२०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनले पहल गरेका थिए । तर त्यतिबेला अवसर पाएनन् । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि उनले मन्त्रीका लागि लबिङ गरेका थिए ।

‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भनें’, उनले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षका नेताहरू सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे ।

प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरूलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें’, उनले भने ।

त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा ‘सरी’ भनेको उनले बताएका थिए ।

२०४७ सालमा मालेको सदस्यता प्राप्त गरेका उनी २०६४ सालमा आएर एमाले जिल्ला कमिटी सचिव भए । २०६९ मा एमाले जिल्ला अध्यक्ष हुँदै उनी २०७१ मा एमाले नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

२०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय सदस्य र मुगु जिल्ला इन्चार्ज भए ।

संसदीय यात्रामा भने उनी २०७० मा संविधानसभा सदस्य र २०७४ मा समानुपातिकतर्फका निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका बानियाँ २०४० देखि २०४८ सम्म शिक्षक थिए ।

बादलपत्नी नैनकलालाई सञ्चार मन्त्रालय

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका थिए ।

सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका ओलीले बादललाई गृहमन्त्रीमा निरन्तरता दिए । तर, सांसद नभएको व्यक्ति दुईपटक मन्त्री बनेको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिंदै सर्वोच्चले उनीसहित गैरसांसदलाई मन्त्रीको हैसियतमा काम गर्नमा रोक लगायो ।

त्यसपछि पनि उनी गृहमन्त्री हुने आशमा थिए । तर, पुनः मन्त्री हुने आश मर्दै गएपछि उनले मन्त्रिपरिषदमा पत्नी नैनकला थापालाई पठाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ‘बादल’लाई पूर्वमाओवादी खेमाबाट मन्त्री बन्नेको नाम मागेका थिए । बादलले आफ्नै पत्नी नैनकलालाई प्रस्ताव गरे । सोही अनुसार नैनकलाले सञ्चार तथा प्रविधिमन्त्री बन्ने अवसर पाएकी हुन् ।

बुटबलमा जन्मिएकी नैनकला थापाले २०३५/३६ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरू गरेकी हुन् ।

२०३८ सालमा नेकपा (चौम) पार्टी सदस्य, अनेम संघ जिल्ला सचिव, २०४२ सालमा अनेम संघ केन्द्रीय महासचिव, २०४७ सालमा अनेम संघ केन्द्रीय संयोजक, २०५० सालमा एकीकृत अनेम संघ केन्ऽीय महासचिव र २०६४ देखि २०६८ सालसम्म राष्ट्रिय महिला आयोग अध्यक्ष भइन् ।

थापा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

बीए, बीएड गरेकी थापा पूर्वशिक्षिका हुन् । उनले कालिका मावि बुटवल र नारायणी मावि चितवनमा पढाएकी छिन् ।
नैनकलाको २०४० सालमा निवर्तमान गृहमन्त्री बादलसँग विवाह भएको हो ।

प्रचण्डले प्रदेश सांसदबाट हटाएकी ज्वालाकुमारी कृषिमन्त्री

नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह माओवादी केन्द्र  छोडेर एमाले प्रवेश गरेकी नेतृ हुन् ।

२०७४ को चुनावमा उनी माओवादी केन्द्रबाट प्रदेश-२ को प्रदेश सभामा निर्वाचित भएकी थिइन् । एमाले प्रवेश गरेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको प्रदेश सांसद पद गत चैतमा खोसिदिएका थिए ।

उनै साह रामबहादुर थापा ‘बादल’को प्रस्तावमा अहिले कृषि तथा पशुपक्षी विकासमन्त्री भएकी हुन् ।

२०६४ को संविधान सभामा साह समानुपातिक तर्फबाट सदस्य थिइन् । सरकारमा भने उनको उपस्थिति यो दोस्रोपटक हो । साहले २०६६ सालमा भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा साह बाराकी सह-इन्चार्ज थिइन् । एमाले माओवादी एकता भंग भएपछि केपी ओलीले साहलाई एमाले प्रदेश-२ को अध्यक्ष बनाएका छन् ।

बारा स्थायी घर भएकी साहले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

आरजुलाई हराएका नारदमुनि राना बल्ल बने मन्त्री

कैलालीका नारदमुनि राना २०४३ सालदेखि राजनीतिमा सक्रिय छन् ।

२०७४ सालको चुनावमा रानाले कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।

चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने तीन वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।

उनी स्थानीय तहको वडा सदस्य, २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख, २०६१ सालमा सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष हुँदै केन्ऽीय सदस्यसम्म बनेका नेता हुन् ।

राना २०६४ सालमा संविधानसभामा सदस्य थिए । २०७४ सालको चुनावमा उनी कैलाली-५ बाट निर्वाचित भए ।

दलितको प्रतिनिधित्वमा आशाकुमारी विक

दलितको प्रतिनिधित्वका लागि आशाकुमारी विकलाई विस्तारित मन्त्रिमण्डलमा वन तथा वातावरण राज्यमन्त्रीका रूपमा समेटिएको छ ।

२०७४ सालको चुनावमा समानुपातिक तर्फबाट सांसद भएकी विकले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

उनी पहिलोपटक मन्त्री भएकी हुन् ।

२०३८ साल असोज ३० गते जन्मिएकी आशाकुमारी वि.क २०५९ सालदेखि राजनीतिमा आवद्ध छिन् ।

बझाङ स्थायी घर भएकी उनी स्थानीय राजनीतिमा सक्रिय हुँदै एमाले जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य भएर काम गरेकी छिन् । हाल अखिल महिला संघको केन्द्रीय सदस्य छिन् ।

अनलाइनखबरबाट

Related Posts

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

विपद्धमा पनि गाँजा तस्करी

विपद्धमा पनि गाँजा तस्करी

by आवर कोशी
अशोज २०, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ । संयुक्त...

कोशीमा क्षतिग्रस्त कार्यालयको स्थलगत अनुगमन

कोशीमा क्षतिग्रस्त कार्यालयको स्थलगत अनुगमन

by आवर कोशी
भदौ ३१, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीकामा समेत जेनजी आन्दोलनको क्रममा ठुलो क्षति भएको पाइएको छ । जेनजी आन्दोलन पछिको अवस्था बारे कोशी...

सुनसरीमा भयानक दुर्घटना : तीन जनाको मृत्यु, १८ जना घाइते

सुनसरीमा भयानक दुर्घटना : तीन जनाको मृत्यु, १८ जना घाइते

by आवर कोशी
साउन २६, २०८२
0

सुनसरी । सुनसरीमा दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालीका स्थित महेन्द्र राजमार्ग अन्तर्गत बलुवा चौकमा...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.