सुनसरी । इलाका प्रहरी कार्यालय, चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। वरिष्ठ सई टीकाराम खत्रीको टोलीले मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरिररहेको अवस्थामा बरामद गरेको हो। ९ वटा बोरामा रहेको गाँजा करिब ४५० किलो छ।
साथमा, मोबाइल १, गाडीको हावा भरेको ट्युब ३, हावा नभरेको ट्युब ३ थान, लाइफ ज्याकेट २, डोको २, ओछ्याउने फोम थान २ र एउटा खुकुरी पनि बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति २ बजेर ४५ मिनटमा शंकास्पद अवस्थामा एम्बुलेन्स जाँच गर्दा लागूपदार्थ लोड गरिरहेको भेटिएको हो। बरामत गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीलाई आवश्यक कारवाही लागि बुझाइएको छ । सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको नेतृत्वमा रहेको टोलीले पनि उक्त गाँजा बरामद गर्न सहयोगी भूमिका निर्वाह गरेको थियो ।








