कोशी । सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट गाँजा सहित पक्राउ परेका व्यक्तिलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । कोशी गाउँपालीका वडा नं. ६ कुम्याही स्थित नयाँ निर्माण गर्दै गरेको अवस्थामा गाँजा सहित नियन्त्रणमा लिएका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घरमा लागु औषध गाँजा लुकाई छुपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी श्रीपुरजब्दीबाट र अस्थाई प्रहरी पोष्ठ कोशी कटानबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ८ (आठ) बोरा २ (दुई) पोकामा २१६ के.जी. ४५ ग्रा.म. अबैध गाँजा सहित दुईजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । गाँजा सहित पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालीका वडा नम्बर ५ बस्ने वर्ष ३४ को सागिर मियाँ र भारत बिहार सुपौल बस्ने वर्ष ३१ को अरबिन्द कुमार रहेको सुनसरी प्रहरीले जनाएको छ ।

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









