सुनसरी । गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेशको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष ऐयुब अन्सारी नेतृत्वको टोलिलाई प्रमाणपत्र वितरण गरिएको हो ।
कोशी गाउँपालीकाका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय सभापति समेत रहेका अन्सारीको नेतृत्वको सर्वसम्मतिले निर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेशको सपथ ग्रहण कार्यक्रम पश्चात् पहिलो बैठक बसी आवश्यकता अनुसार विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय समेत गरिएको जनाइएको छ ।
यस्तै गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष अन्सारी नेतृत्वको टोलिले सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौला लगायतसँग भेटघाट समेत गरेका छन् ।
शोभनपुरमा अंग्रेजी माध्यम बाट पठनपाठन
कोशी । शैक्षिक सत्र २०८१ देखि कोशी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुर अंग्रेजी माध्यम...