सुनसरी । सुनसरीको बरहा नगरपालिका २ स्थित चतराको रेल्वेलाइनबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज सई पाण्डबकुमार राजवंशी नेतृत्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो ।
शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सिङ, टाउको सहित घरमै लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, बारुद १०० ग्राम र खुकुरी सहित सोहि स्थान बस्ने २५ बर्षका एसुब राना मगर र २५ बर्षिय सागर मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









