इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी इस्राइल मन्सुरीले आफ्नो निर्वाचन क्षेत्रका मन्दिरलाई सहयोग गरेका छन् । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रहेको श्री रामजानकी मन्दिरमा हुने अठ्जाम बारे छलफल कार्यक्रममा सहभागी भइ उनले मंगलबार बिहान उक्त मन्दिरको लागि निजि कोषबाट आवश्यक बालुवा र सिमेन्ट सहयोग गर्नुभएको सांसद मन्सुरीका स्वकीय सचिव सेराज हुसेनले जानकारी दिए ।

निर्वाचित भएपछि हरेक दिनजसो जनताको घरदैलोमा पुगी सांसद मन्सुरीले समस्या बुझी सोहीअनुसार सहयोग गर्दै आएका छन् । कोशी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि उनी सभामुखको अनुपस्थितीमा प्रदेश सभाको अध्यक्षता गर्दै कतिपय महत्त्वपूर्ण विधेकहरु समेत पारित गराउन सफल भएका थिए । सांसद मन्सुरी कोशी प्रदेशमा आफ्नो निर्वाचन क्षेत्रका साथै सुनसरी जिल्लामा देखापरेका समस्याहरुका बारेमा संसदमा आवाज उठाउदै आएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








