ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

राष्ट्रियसभा निर्वाचन : सिटौलाको जिल्ला दौड सकिँदै, जित्नेमा ढुक्क

आवर कोशी by आवर कोशी
माघ ५, २०८०
गाउँपालीका राष्ट्रिय महासंघ कोशीको सपथ ग्रहण कार्यक्रम सम्पन्न
33
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । काँग्रेस नेता तथा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह शुक्रबार समापन गर्दैछन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गत पुस २३ गते मनोनयन गरेसँगै सिटौलाले कोशी प्रदेशको जिल्ला दौडाह सुरु गरेका थिए ।

उनले हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, दिक्क्तेल र ओखलढुङ्गाको कार्यक्रम सकेका छन् । अब बाँकी सोलुखुम्बु रहेको छ । सोलुखुम्बुमा शुक्रबार कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षले मतदान गर्नेछन् । उनीहरुलाई भोट माग्ने र आफ्नो स्थितिको आँकलन गर्न सिटौलाले अभियान संचालन गरेका हुन् ।

‘भोली सोलुखुम्बुमा कार्यक्रम आयोजना गरिएको छ । सोलु बाहेक आजसम्ममा १० वटा कार्यक्रम सकिएको छ,’ काँग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले भने, ‘मतभारले गठबन्धन नै अगाडि छ । समस्या हुँदैन । चलखेल भएपनि हामीलाई जितबाट रोक्न कसैले सक्दैन ।’
उनले यो पटक सिटौलालाई जिताउन काँग्रेस एकढिक्का रहेको पनि दाबी गरे । ‘समग्रमा रेस्पोन्स राम्रो छ । काँग्रेसभित्र गुटबन्दी पनि देखिएको छैन । उहाँलाई काँग्रेसले एक ढिक्का भएर सहयोग गर्छ । गठबन्धनका अरु दलमा पनि कुनै समस्या देखिएको छैन,’ थापाले भने ।
सिटौलालाई केही समय अगाडिसम्म काँग्रेस नेता डाक्टर शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मानिकटकाहरुबाट असहयोग हुने हो कि भन्ने आशङ्का थियो । तर, जिल्ला–जिल्लामा भएको कार्यक्रमबाट उक्त आशङ्का र भ्रम मेटिएको थापाले बताए ।

उता, काँग्रेसकै कतिपय नेताहरु भने सिटौलाका लागि निर्वाचन सजिलो नरहेको बताउँछन् । एमालेले गर्ने चलखेल र राजनीतिक कदमले सिटौलालाई यस पटक पनि असजिलो हुनसक्ने उनको तर्क छ । उनका अनुसार एमालेले राप्रपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्रहरुको मत तान्ने परिस्थिति बनेको खण्डमा सिटौलासँगै गठबन्धनकी अर्की उम्मेद्वार चम्पादेवी कार्कीको विजय पराजयमा परिवर्तन हुन सक्छ ।

कोशी प्रदेशमा एमालेको मतभार ४ हजार २१०, राप्रपाको ३९४, नेकपा (एकीकृत समाजवादी)को ३४५, जसपाको १२९ र स्वतन्त्रहरुको ५७ मत रहेको छ । एमालेले साना यि पार्टी र स्वतन्त्रहरुलाई एकत्रित गर्नसके ५ हजार १३५ मत प्राप्त गर्न सक्नेछ । त्यस्तो परिस्थितिमा गठबन्धनको उम्मेद्वार रहेका सिटौला र कार्कीका लागि काँग्रेस र माओवादीको मात्रै मत केन्द्रीत हुनसक्छ । त्यस्तो अवस्थामा काँग्रेसको ३ हजार ७२२ र माओवादीको १ हजार २७८ मात्रै रहन्छ । उक्त मतभार ५ हजार मात्रै हुन्छ । यद्यपि एमालेलाई नेकपा एसको सबै मत र स्वतन्त्रको सबै मत प्राप्त गर्न भने कठिन हुनेछ । स्वतन्त्रमा धरानका प्रमुख हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली छन् । प्रमुख साम्पाङको झुकाब कता छ भन्ने सक्ने अवस्था छैन भने कुलुङ एमाले र रुम्दाली कांग्रेस निकटका हुन् ।

एमालेले नेकपा एकीकृत समाजवादीको सांसदको भन्दा पनि स्थानीय तहका प्रमुख उपप्रमुखको मत तान्ने रणनीति बनाएको स्रोतले बतायो । त्यस्तो परिस्थितिमा नेकपा एसको १३३ मत आफूलाई आउने एमालेको आँकलन छ ।राप्रपाको मत तान्नका लागि भने एमालेले राप्रपाकै उम्मेद्वारलाई सहयोग गरेर महिला उम्मेद्वार जिताउने रणनीति बनाएको स्रोतको दाबी छ । राप्रपाकोतर्फ पुरुष अन्यमा उद्धब पौडेल र एमालेको महिला उम्मेद्वार रुक्मिणी कोइराला उम्मेद्वार छन् । तर, एमालेको कुनै पनि योजना सफल हुन नसक्ने नेकपा (एकीकृत समाजवादी)का प्रदेश सचिव महेश रेग्मीले बताए । ‘उहाँहरूको यस्तो इच्छा पुरा हुँदैन, गठबन्धनले सानदार ढंगले निर्वाचन जित्छ । हामीले हाम्रा भोटहरुलाई सुरक्षित राखेका छौं,’ उनले भने, ‘एमालेले राप्रपासँग मिलेर जाने भन्ने हामीले पनि सुनेका छौं । त्यसो हुँदा पनि गठबन्धनलाई सहज छ ।’

कोशी प्रदेशमा पुरुष अन्य र महिला कोटामा निर्वाचन हुन लागेको हो । उक्त कोटामा गठबन्धनबाट सिटौला र माओवादीकी चम्पा कार्की उम्मेद्वार छन् । दुवै जनाले एकीकृत ढंगले अभियान चलाइरहेका छन् । एमालेले भने पुरुष अन्यमा परशुराम अधिकारी र महिलामा रुक्मिणी कोइरालालाई उम्मेद्वार बनाउँदा राप्रपाले भने उद्धब पौडेललाई मात्रै उम्मेद्वार बनाएको छ । एमालेले अधिकारीलाई ब्याक गराएर राप्रपाका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सम्बन्धलाई पनि सन्तुलनमा राख्न खोजेको कतिपयको भनाइ छ । राप्रपाका उम्मेद्वार पौडेल लामिछानेकी श्रीमती निकिता पौडेलको बुबा हुन् ।

सिटौलालाई सघाउँदै नेताहरू

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै जोडबलमा राष्ट्रियसभाको अध्यक्ष बनाउने योजनाका साथ सिटौलालाई अगाडि सारिएको कतिपय बताउँछन् । त्यसका लागि प्रचण्डले काँग्रेस संस्थापनइतर पक्ष शेखर कोइराला तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत कन्भिन्स गरेको काँग्रेसकै नेताहरु बताउँछन् । ‘यसपटक सिटौलालाई निःशर्त समर्थन गर्ने कुरा नेताहरुबाटै आएको छ,’ शेखर कोइराला निकट एक नेताले भने, ‘अहिले सिटौलालाई जिताउँदा उहाँको सहज व्यवस्थापन हुन्छ र फेरि हामीले झेल्नु पर्दैन भन्ने कुरा हो ।’

त्यही भएर पनि गठबन्धनका उम्मेद्वारलाई जसरी पनि निर्वाचनमा विजयी बनाउन काँग्रेस नेताहरु शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय नेता प्रदिप पौडेलसम्म निर्वाचन प्रचार अभियानमा खटिएका छन् । झापा, मोरङ, सुनसरीमा कोइराला र शर्माले हरेक कार्यक्रममा सिटौलालाई समर्थन गर्दै भाषण गरेका थिए । यस्तै पौडेल भने पहाडि जिल्ला पनि उक्लिएका छन् । यस्तै सिटौला र कार्कीको साथमा माओवादी नेताहरू राम कार्की, इन्द्रबहादुर आङ्बो, हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका नेता बलदेव चौधरीलगायतका नेताहरु पनि लागेका छन् । यस्तै सिटौलालाई निर्वाचनमा सघाउन कै लागि महामन्त्री गगन थापा आउँदो माघ ९ गते विराटनगर आउने बताइएको छ । उमेरले ७७ वर्ष पुगिसकेका सिटौला विजयी बने अबका ६ वर्ष राष्ट्रियसभा मै बिताउने छन् । जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटक मात्रै विजयको स्वाद चाखेका छन् । निर्वाचन आयोगले ११ माघमा राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदका लागि निर्वाचन गर्दैछ । जहाँ आफ्नो जित सुनिश्चत गर्न सिटौला वृद्धाअवस्थामा पनि दौडिरहेका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.