सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा सुरू गरेका छन्। शनिबार झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा सुरू गरेका हुन्।समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवादयात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित थिए।
संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ। कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ। महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन्। संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ।
कोशीमा प्रभावकारी बन्दै न्यायिक समिति
लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपाध्यक्षको संयोजकत्वमा गठित उक्त समितिलाई...