इनरुवा । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडा कार्य समितिको आयोजनामा सहिद दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह ६ नम्बर वडा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्लाबाट खटाइएका प्रतिनिधि राजेन्द्रप्रसाद मेहताको उपस्थितिमा समुदायमा कांग्रेस अभियान अन्तर्गत सहिद दिवसको अवसरमा वृक्षरोपन कार्यक्रम गरिएको जनाइएको छ । उक्त कार्यक्रममा सहिद सुलेमान अन्सारीको छोरा इरफान अन्सारी र नवनियुक्त नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद अन्सारीलाई प्रमुख अतिथि प्रदेश सांसद मन्सुरीले गर्नुभएको हो ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी,जिल्ला प्रतिनिधि एवं सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता,नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,सदस्य ममता कुमारी उराँव,अनिल साह,श्यामदेव मेहता,श्यामदेव मेहता,हिरा उराँव,महाधिवेशन प्रतिनिधि इरफान मिया,नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका नेता देवनारायण मेहत कार्यसमितिका उपसभापति मुस्तक मिया,मन्जिला उराँव,सचिव कृपाराम मेहता,सह-सचिव सेराज हुसेन,भोक्राहा नरसिंह ५ का सभापति एवं नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद,६ का सभापति जमालुद्दिन मन्सुरी,७ का सभापति कोसिल मण्डल,८ का सभापति कलिम मिया लगायतका उपस्थिति थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








