सुनसरी । सुनसरीको इटहरी २० तरहरामा माछा मार्ने क्रममा श्रीमान श्रीमतीकै मृत्यु भएको छ ।
रोयल फर्निचर इटहरीमा काम गर्ने रौताहा गाउँपालिका उदयपुरका २५ बर्षिय हेमशेर राई र बर्ष २२ की निजकी श्रीमती सर्मिला राईको मृत्यु भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी गराएका छन् ।
मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जनाईएको छ । अहिले प्रहरीले लास उठाउने तयारी गरिरहेको छ । यसैगरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ









