कोशी । कोशी गाउँपालीकामा अर्ना आक्रमणबाट एकजना युवतीको मृत्यु भएको छ । शनिबारका दिन अन्दाजी २/३ बजे दिउँसोको समयमा सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित पश्चिम् कुसाहा बस्ने गुलाबी मुखियाको अन्दाजी २०/२२ वर्षकी छोरीको आक्रमणबाट मृत्यु भएको हो । आफ्नै घर अगाडि कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै पटेर काट्न गएको बेला जंगलबाट निस्केर आएको अर्नाले ररञ्जु कुमारी मुखियालाई पछाडिबाट आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना भएको २ घण्टा पश्चात् खोजी गर्दै जादा शव बरामद भएको र पोस्टमार्टमको लागि पठाइएको थियो । दुईपश्चात् मृतकको बिहे हुने अन्तिम तयारी भइरहेको बखत उक्त घटनापछि परिवार शोकमा डुबेको छ् ।

यसैबीच कोशी गाउँपालिका वडा न. ३ स्थित गुलाबी मुखियाको छोरी रञ्जु कुमारी मुखियाको अर्नाको आक्रमण बाट मृत्यु भएको हुँदा उक्त दाह संस्कार कार्यक्रमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.४ का महासमिति सदस्य तथा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल,नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति तथा कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,कोशी टप्पु लर्निङ्ग ग्राउन्ड संस्थाका अध्यक्ष राजकुमार सिंह लगायतले मृतकको अन्तिम संस्कारमा सहभागी भएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








