मिकाइल आलम
भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ स्थित रहेको जामिया इस्लामियामा चार दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ । सोमवारदेखि बिहिवार सम्म चल्ने उक्त प्रतियोगिता जामिया इस्लामिया व्यवस्थापन समितिका अध्यक्ष हाजी अलाउद्दिन मन्सुरीको अध्यक्षता एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्य सुरु भएको हो ।

सो कार्यक्रममा जामिया इस्लामियामा अध्ययनरत विद्यार्थीहरुले तकरिर,नज्म,एक्सन तराना लगायत अन्य विभिन्न किसिमका कार्यक्रम मार्फत आ आफ्नो क्षमता प्रस्तुत गरिने जामिया इस्लामियाका प्रधानाध्यापक समिम अख्तर फलाहीले जानकारी दिए । कार्यक्रममा समाजमा वर्तमान अवस्थामा देखापरेका विकृति विसंगति एवं सामाजिक समस्याका बारेमा विभिन्न प्रस्तुतिमार्फत जानकारी गराई त्यस्ता समस्या निराकरण गर्न संदेश दिइने भएकोले यस्ता कार्यक्रम महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

चार दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की,नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला,कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल,हाजी इस्राइल मन्सुरी,नेपाली कांग्रेस सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी,इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल,भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजाद,उपाध्यक्ष सुनिताकुमारी उराँव, सुनसरी प्रहरी प्रमुख विपिन रेग्मी,सशस्त्र प्रहरी प्रमुख लकेशकुमार तुम्बाह्फे,राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख तिलक प्रसाईं,नेपाल मुस्लिम संघ सुनसरी सभापति तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारीको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, वडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी,वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता,वडा नम्बर ३ का वडा अध्यक्ष धीरेन्द्र यादव,वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान अन्सारी लगायत भोक्राहा नरसिंह गाउँकार्यपालीका कार्यपालीका सदस्यहरु,नेपाली कांग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का पूर्व क्षेत्रीय सचिव राजेन्द्र मेहता,भोक्राहा नरसिंह गाउँपालीका स्वास्थ्य शाखा प्रमुख हिरा साह लगायत सयौंको उपस्थिति रहेको थियो ।

वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता उद्घाटन कार्यक्रममा मुख्यमन्त्री लगायत विशिष्ट अतिथिहरु,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु,विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरु, संचारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो ।








