भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित ग्रामीण क्षेत्रबाट संचालित सजिलो कृषि सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित रहेको सजिलो कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष जमालउद्दिन मन्सुरीको अध्यक्षता एवं कोशी प्रदेश सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको भएको ।

२०७१ साल माघ २५ गते स्थापित सजिलो कृषि सहकारी संस्थामा हाल १३९८ जना शेयर रहेका छन् । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि सांसद मन्सुरीले संस्थाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष मन्सुरीले आ. व. २०७९/०८० को बार्षिक प्रतीवेदन र आ. व. २०८०/८१ को लागि निति तथा कार्यक्रम आ. व. २०७९/८० को आर्थिक प्रतिवेदन आ. व. २०८०/८१ को लागि अनुमानित आय ब्यय र कार्यक्रम बार्षिक बजेट लेखा सुपरिवेक्षण समितिको संयोजक ताहिर हुसेनले, ऋण समितिको संयोजक सराजुद्दिन अन्सारीले प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अथिति हाजी डाक्टर इस्राइल मन्सुरीले सहकारी क्षेत्र सुधारमा धेरै कामहरु भईरहेको र सहकारी क्षेत्रको साख कायम गर्न आवश्यक परे ऐन सम्शोधन गरेर भए पनि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै सदस्यको बित्तिय आवश्यकतालाई परिपुर्ति गरि समुदायको दीगो र सक्षम बन्नेमा विश्वास व्यक्त गरे ।

साधारण सभाको अवसरमा आ.व. २०७९/८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुबित्त तर्फ उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, नेपाल मुस्लिम संघ सुनसरी सभापति तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अन्सारीको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी,वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता,वडा नम्बर ३ का वडा अध्यक्ष धीरेन्द्र यादव,वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान अन्सारी लगायत भोक्राहा नरसिंह गाउँकार्यपालीका कार्यपालीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस्तै नेपाली कांग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल,नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का पूर्व क्षेत्रीय सचिव राजेन्द्र मेहता,वर्तमान सचिव जुगेश्वर यादव लगायत गरी निवर्तमान पालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, राजनीतिक दलका प्रतिनिधिहरु, संस्थाका उपाध्यक्ष जुलेखा खातुन, संस्थाका सुपरिवेक्षण समितिको संयोजक ताहिर हुसेन, ऋण समितिको संयोजक सराजुद्दिन अन्सारी, लेखा समितिको पदाधिकारीहरु, ऋण समितिको पदाधिकारीहरु, समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु, कर्मचारीहरु, पत्रकार ,सुरक्षाकर्मी, भद्र भाला आदमी लगायतको समेत उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








