ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरीमा कहाँबाट भित्र्याइयो झण्डै २ करोड नक्कली नोट ?

आवर कोशी by आवर कोशी
माघ २९, २०८०
सुनसरीमा कहाँबाट भित्र्याइयो झण्डै २ करोड नक्कली नोट ?
144
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । सुनसरीबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु सहित इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रहेको सुनसरी खोलाको पुल नजिकबाट पक्राउ परेका भारतीय नागरिकलाई सोमबार सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आइतबार बिहान अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको BR 11 X 3429 नम्बरको भारतीय नम्बर प्लेटको सेतो स्कारपीयोलाई ट्राफिक प्रहरी सहितको संयुक्त टोलिले चेकजाँचको क्रममा ठुलो परिणाममा नेपाली नोट सहित भारत बिहार राज्य सुपौल जिल्ला थाना बीरपुर बस्ने अन्दाजी २२ वर्षका छोटु भन्ने महम्मद शैयद साफीलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

ट्राफिक सहितको संयुक्त टोलिले चेकजाँचको क्रममा शंका लागेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई चेकजाँच गर्दा हालसम्मकै ठुलो परिणाममा नक्कली नेपाली नोट बरामद भएको जनाइएको छ । पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति भने फरार भएको बताइएपनि यसबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकोे हुनाले तत्काल थप कुरा भन्न् नमिल्ने एसपी रेग्मीको भनाइ छ ।

कुन नाकाबाट ल्याइयो यत्ति ठुलो रकम ?

पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख एसपी रेग्मीले ठुलो परिणाममा नेपाली नक्कली नोट सहित भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताएपनि कहाँबाट यत्रो ठुलो परिणाममा नक्कली नोट ल्याइयो भन्ने बारे खुलाउन चाहेनन् । ति भारतीय नागरिकले योजनाबद्ध तरिकाबाट मधेस प्रदेशको सप्तरी जिल्लाको कुनौली नाका हुँदै नेपाल ल्याइएको हुनसक्ने श्रोतले बतायो । यद्यपि सुनसरी प्रहरीले दिएको जानकारीअनुसार नियन्त्रणमा लिइएको भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एकदिनको भन्सार फेला पर्नुले थप शंका उत्पदन गरेको देखिन्छ । सुनसरी जिल्लाको सीमासँग जोडिएको बीरपुरकै नागरिक पक्राउ पर्नु र बरामद गरिएको भारतीय नम्बर प्लेटको गाडीको सुनसरी भन्सार कार्यालयबाट एकदिनको भन्सार फेला पर्नुले कहिँ सुनसरीकै नाका भई भित्र्याइयो नक्कली नोट नेपालको पूर्वी बजारसम्म पुर्‍याउन खोजिएको हो कि ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सुनसरी जिल्लाको भण्टाबारी नाकाबाट मात्रै सवारीसाधन आवतजावत हुँदै आएको अवस्था छ । भारतमा छपाई गरी विभिन्न सीमा नाका हुँदै सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्टक गरेर एकैपटक ठुलो परिणाममा गन्तव्यसम्म पुर्‍याउन खोज्ने क्रममा चेकजाँचको क्रममा नक्कली नोट बरामद भएको हुनसक्ने बताइन्छ । यता एसपी रेग्मी भने अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले सुनसरी प्रहरी मुख्य गिरोहलाई पक्राउ गर्ने हिसाबले अनुसन्धान गरिरहेकाले आवश्यकता अनुसार सबै कुरा स्पष्ट हुने बताए ।

Related Posts

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

by आवर कोशी
बैशाख २५, २०८२
0

सुनसरी । जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । भारत- पाकिस्तान विरुद्ध तनाव बढेपछि सीमावर्ती क्षेत्रमा...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

बराहक्षेत्रमा सेवा निवृत्त स्वयंसेविका सम्मानित

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छ : पूर्वअर्थमन्त्री

by आवर कोशी
बैशाख २१, २०८२
0

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
अपराध

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

Read more
सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

जेष्ठ ३०, २०८२
लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

बैशाख ३१, २०८२
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

बैशाख २५, २०८२
जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

बैशाख २५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    692 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    561 shares
    Share 224 Tweet 140
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    376 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    373 shares
    Share 149 Tweet 93
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!