ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरीमा कहाँबाट भित्र्याइयो झण्डै २ करोड नक्कली नोट ?

आवर कोशी by आवर कोशी
माघ २९, २०८०
सुनसरीमा कहाँबाट भित्र्याइयो झण्डै २ करोड नक्कली नोट ?
145
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । सुनसरीबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु सहित इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रहेको सुनसरी खोलाको पुल नजिकबाट पक्राउ परेका भारतीय नागरिकलाई सोमबार सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आइतबार बिहान अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको BR 11 X 3429 नम्बरको भारतीय नम्बर प्लेटको सेतो स्कारपीयोलाई ट्राफिक प्रहरी सहितको संयुक्त टोलिले चेकजाँचको क्रममा ठुलो परिणाममा नेपाली नोट सहित भारत बिहार राज्य सुपौल जिल्ला थाना बीरपुर बस्ने अन्दाजी २२ वर्षका छोटु भन्ने महम्मद शैयद साफीलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

ट्राफिक सहितको संयुक्त टोलिले चेकजाँचको क्रममा शंका लागेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई चेकजाँच गर्दा हालसम्मकै ठुलो परिणाममा नक्कली नेपाली नोट बरामद भएको जनाइएको छ । पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति भने फरार भएको बताइएपनि यसबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकोे हुनाले तत्काल थप कुरा भन्न् नमिल्ने एसपी रेग्मीको भनाइ छ ।

कुन नाकाबाट ल्याइयो यत्ति ठुलो रकम ?

पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख एसपी रेग्मीले ठुलो परिणाममा नेपाली नक्कली नोट सहित भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताएपनि कहाँबाट यत्रो ठुलो परिणाममा नक्कली नोट ल्याइयो भन्ने बारे खुलाउन चाहेनन् । ति भारतीय नागरिकले योजनाबद्ध तरिकाबाट मधेस प्रदेशको सप्तरी जिल्लाको कुनौली नाका हुँदै नेपाल ल्याइएको हुनसक्ने श्रोतले बतायो । यद्यपि सुनसरी प्रहरीले दिएको जानकारीअनुसार नियन्त्रणमा लिइएको भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एकदिनको भन्सार फेला पर्नुले थप शंका उत्पदन गरेको देखिन्छ । सुनसरी जिल्लाको सीमासँग जोडिएको बीरपुरकै नागरिक पक्राउ पर्नु र बरामद गरिएको भारतीय नम्बर प्लेटको गाडीको सुनसरी भन्सार कार्यालयबाट एकदिनको भन्सार फेला पर्नुले कहिँ सुनसरीकै नाका भई भित्र्याइयो नक्कली नोट नेपालको पूर्वी बजारसम्म पुर्‍याउन खोजिएको हो कि ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सुनसरी जिल्लाको भण्टाबारी नाकाबाट मात्रै सवारीसाधन आवतजावत हुँदै आएको अवस्था छ । भारतमा छपाई गरी विभिन्न सीमा नाका हुँदै सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्टक गरेर एकैपटक ठुलो परिणाममा गन्तव्यसम्म पुर्‍याउन खोज्ने क्रममा चेकजाँचको क्रममा नक्कली नोट बरामद भएको हुनसक्ने बताइन्छ । यता एसपी रेग्मी भने अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले सुनसरी प्रहरी मुख्य गिरोहलाई पक्राउ गर्ने हिसाबले अनुसन्धान गरिरहेकाले आवश्यकता अनुसार सबै कुरा स्पष्ट हुने बताए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.