इनरुवा । नेपाली कांग्रेस सुनसरीले पार्टीबाट महासमिति सदस्य भएका पदाधिकारीसँग अन्तक्रिया कार्यक्रम गरेको छ । इनरुवा २ स्थित पार्टी कार्यालयमा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट चयन भएका महासमिति पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पार्टीका जिल्ला सचिव माधन घिसिङ्गले जानकारी दिए । नेपाली कांग्रेसको फागुन ७ गते हुने निति अधिवेसनलाई लक्षित गरेर सुनसरीका महाधिवेसन प्रतिनीधिसँग छलफल गरेको हो ।
भेलामा जिल्लाबाट लग्ने एजेण्डा, आउने कार्य निति, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिषयमा पार्टीको निति कस्तो बनाउने, लगायतका बिषयमा एकरुप ढङ्गले अगाडि कसरी बढने लगायतका बिषयमा छलफल भएको पार्टीले जनाएको छ ।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजिव कोइराला, राजिव ढुङ्गना, कांग्रेस जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति ऐयुव अन्सारी, महाधिवेसन प्रतिनीधि संजय श्रेष्ठ, अनितादेवी यादव, मनोजकुमार साह लगायतको सहभागीता रहेको थियो ।