इनरुवा । १ करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित पक्राउ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले भोलिपल्ट पुनः अर्को सफलता प्राप्त गरेको छ । मंगलबार सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मंगलबार बिहानको समयमा विशेष सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलिले बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाट नजिक कोशीको किनारबाट ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त स्थानमा गाडीमा गाँजा रहेको सुचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले खटिएको प्रहरीले प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा तलासी लिंदा त्यहाँ लुकाई राखेको अवस्थामा गाजासहितको गाडी बरामद गरेको जनाइएको छ । गाडीभित्र १३ वटा बोरामा गाँजा फेला परेको बताइएको छ । गाँजा कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोलेरो चालक धरान उप–महानगरपालिका–४ का २५ वर्षीय सुर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ का २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड फायर समेत गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । आइतबार समेत सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसैगरी सोमबार पनि १४९ किलो गाँजासहित १४ जना भारतीय नागरिक परेका थिए । सुनसरी प्रहरीले आइतबार नै इनरुवाबाट एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख नक्कली नेपाली नोट बरामद गरेको थियो ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...