इनरुवा । कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीले सरस्वती पुजाको अवसरमा विद्यार्थीसँग भुइँमै बसेर प्रसाद खाएका छन् । बुधबार बिहान सरस्वती पूजाको अवसरमा भोक्राहा नरसिंह – ६ मा रहेको श्री दलित आधारभुत विद्यालयको स-साना विद्यार्थीहरुसँग भुइँमै बसेर सांसद मन्सुरीले प्रसाद खाएपछि अहिले चर्चाको विषय बनेको छ ।

आफू राजनीतिमा लागेदेखि हरेक मान्छे बराबर भएको भन्ने संदेश प्रवाह गर्न लागिपरेको बताउदै उनले आफ्नो लागि यो कुनै नौलो कुरा नभएको बताउँछन् ।” २१ औं शताब्दीमा विभेद भयो भने विकास हुँदैन सांसद मन्सुरीले भने देशको मुहार परिवर्तन गर्न हरेक समाज र समुदायमा समानता अपरिहार्य छ ।”

सरकारी जागिरमा हुँदादेखि अहिले राजनीतिक यात्रा अन्तर्गत प्रदेश सांसदको जिम्मेवारी हुँदासम्म खासगरी दलित,गरिब-विपन्न तथा पिछडिएका वर्गको आवाज बुलन्द गर्दै उनीहरूको उत्थान र विकासमा लागिपरेको उनको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








