ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नक्कली नोट प्रकरण,गिरोहको कनेक्सन खोज्दै प्रहरी

आवर कोशी by आवर कोशी
फाल्गुन २, २०८०
सुनसरीमा कहाँबाट भित्र्याइयो झण्डै २ करोड नक्कली नोट ?
76
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामदगरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरु र उनीहरुको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु भएको छ । प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला बीरपुर बस्ने २२ वर्षीया छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १५ लाख ८७ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । २०७९ भदौ २६ गते झापा विर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहेपनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् । यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो । प्रहरीले २०८० वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गरेको थियो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । यस्तै प्रहरीले २०७९ फागुन २४ गते उदयपुरको कटारी नगरपालिका १२ बाट ५ सयदरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो । विगत दुई वर्षमा भएका यी घटनाहरूले नक्कली नोटको धन्दा लामो समयदेखि चलिरहेको देखाउँछ । विगत वर्षहरुमा पनि नक्कली नोट लिएर आउने बाहकहरु पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोहको जालो तोड्न भने प्रहरीले सकेको छैन ।

प्रहरीका अनुसार गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिणाम अहिलेसम्मकै ठूलो हो । यसको कनेक्सन खोजिरहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । ‘भारतीय मानिसहरु पनि संलग्न भएको कारण नक्कली नोटको कारोबारमा अन्तराष्ट्रिय कनेक्सन रहेको भन्नेलाई अप्ठ्यारो भएन,’ एक सुरक्षा अधिकारीले भने । अहिले पनि प्रहरी अनुसन्धान र खोजीमा लागिरहेको उनले बताए । ‘अरु केही कुरा दुई चार दिनमा सार्वजनिक हुन्छ । केही मानिसहरुको पहिचान भइसकेको छ । उनीहरुलाई हामी खोजी गरिरहेका छौं,’ उनले भने । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको प्रहरी स्रोत बताउँछ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । ‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएको छ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले पनि अनुसन्धान गम्भीर ढंगले गरिरहेको बताए । ‘नक्कली नोटको विषयमा हामी गम्भीरतापूर्वक गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौं । केही समय पछाडि हामी डिटेल जानकारी गराउँला,’ उनले भने, ‘केही अरू मानिसको पनि संलग्नता देखिएको छ । हामी फलो गरिरहेका छौं । प्रदेशको टोली र हेडक्वाटरको टोलीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं । यो गम्भीर खालको इस्यु छ ।’ नक्कली नोटमा एनआइसि एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिं देखिएको छैन,’ उनले भने । नक्कली नोटको कारोबारीबारे विगत देखि नै अनुसन्धानको रूपमा रहेको केस हो । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे उसको विश्वसनियतामा प्रश्न उठ्ने देखिन्छ ।

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

by आवर कोशी
अशोज २६, २०८२
0

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले प्रहरी प्रमुखकै नाममा रहेको सो नम्बर प्रयोग गरी स्थानीय...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.